|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

बढ्दो गर्मीले यातायात क्षेत्र प्रभाबित

सर्बसाधारणहरु दिउंसोमा हिड्न छाडे/कमाई समेत घट्यो — यातायात ब्यबसायि
कपिल ज्ञवाली /बुटवल,बैसाख ७
दिनप्रतिदिन बढ्दै गएको तापक्रमका कारण सवारी साधनमा सर्बसाधारणको चाप घट्न थालेको छ । बढ्दै गरेको गर्मी संगै बुटवल हुदैं गुड्ने सार्वजनिक सवारी साधनहरुमा यात्रुको चाप घटेको हो ।अन्य समयको तुलनामा सार्बजनिक सवारीका साधनमा मानिसको चाप क्रमश घट्दै गएको गाडि धनीहरुको अनुभब छ ।यात्रुहरु बढ्दो गर्मीका कारण सकभर बिहान साझमा नै आफ्नो गन्तब्य तिर लाग्ने गर्दा दिउंसोको समयमा त गाडीहरु खालि खालि हिड्नु परेको र आफूहरुको कमाई समेत घटेको सवारी धनीहरुको भनाई छ । दिनको चर्काे घाममा हिडडुल गर्दा रोगको आक्रमणबाट बच्न गाह्रो हुने भन्दै सबसाधारणहरु बिहान र बेलुका नै यात्रा गर्नुपर्ने बाध्यता रहेको गुनासो गर्छन् । बुटवलको लुम्बिनी बस टर्मिनलबाट अंचलका ग्रामिण जिल्लाहरुमा छुट्ने सवारी साधनहरुमा यात्रुको चाप न्यून भएकाले यातायात ब्यबसायिहरुले ईन्धन खर्च पनि नउठ्ने दाबि गर्छन् । पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि भैरहेका बेलामा झन् यात्रुको संख्या घटेपछि यातायात ब्यबसायिहरु मर्कामा परेको बताउछन् । हामी त सा“च्चै नै मर्कामा प¥यौं त गुल्मी दिगाम स्थायी घर बस धनि कुमार अर्यालले गुनासो गर्दै भन्नुभयो —“गर्मीकै कारण यस्तो समस्या आईप¥यो ,हिड्दा हिड्दा थाकिन्छ केहि प्रर्तैै पर्दैन । ”भएको गर्मीकै कारण शडकमा हिड्ने बटुवा तथा सर्बसाधारणको आवागमन पनि घटेको छ । »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस