दुर्घटनाका गम्भीर घाइते एकको मृत्यु
कपिल ज्ञवाली,बुटवल बैशाख ७
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवपुर १ बनकसबासामा हिंजो सांझ ना २ ख ९५८१ नं. को ट्रकले ठक्कर दिंदा गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्ला हेटौडा बस्ने २४ वर्षीय राजकुमार लामा रहेका छन् । पश्चिमतर्फ गइरहेको ना ४ ख १८३७ नं. को ट्रक इन्जिन तातेपछि बनकसबासाको उकालोमा रोकेर एयर फाल्ने क्रममा ट्रक चालक लामा एक्कासी तातो बाफ मुखमा परेपछि सडकतिर उछिट्टिंदा विपरीत दिशाबाट आइरहेको ना २ ख ९५८१ नं. को ट्रकले ठक्कर दिंदा गम्भीर घाइते भएका थिए । घाइते लामाको बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक दुवैलाई इलाका प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको छ ।
»
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें