|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

आज का न्यूज़ हरू ( १३ बैसाख)

कपिल ज्ञवाली बुटवल १३ बैसाख
रुपन्देही उद्योग संघको एक टोलीले उद्योगीहरुको समस्याबारे जानकारी गराउन र यस क्षेत्रमा मुटु अस्पताल निर्माणका लागि उचित जग्गाको व्यवस्था मिलाउन मन्त्री, राष्ट्रिय योजना आयोगका का.वा. उपाध्यक्ष सचिव एवं विभिन्न कार्यालयका प्रमुखसग भेटघाट गरेको छ । संघका अध्यक्ष एजाज आलमको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री तथा उपप्रधानमन्त्री भरतमोहन अधिकारी, रक्षामन्त्री बिष्णु पौडेल, राष्ट्रिय योजना आयोगका का.वा उपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटा, राजस्व सचिव कृष्णहरि बास्कोटा, लगायतसग भेट गरी उद्योग संचालनमा देखिएका समस्याहरुमा छलफल गरेको थियो भने यस क्षेत्रमा मुटु अस्पतालको टड्कारो आवश्यकता रहेको हुँदा अस्पताल निर्माणका लागि उचित जग्गाको व्यवस्था मिलाउन आग्रह गरेको थियो । टोलीमा संघका महासचिव दिनेशराज रेग्मी, सचिव गणेशप्रसाद अधिकारी, का.स. सदस्य रामप्रसाद बस्याल लगायतको उपस्थिति रहेको थियो ।

कपिल ज्ञवाली बुटवल १३ बैसाख


बुटवल नगरपालीकाले ३ दिने नेतृत्व बिकास तथा व्यवस्थापन तालीम सूरु गरेको छ । टोल बिकासको लागि कुशल नेतृत्व बिकास गरौ भन्ने नाराका साथ तालिमको आयोजना गरिएको नगरपालीकाले जनाएको छ । तालिममा टोल बिकास संस्थाका पदाधिकारीहरुको काम कतव्र्य र अधिकारका बारेमा छलफल गरिने बताईएकोे छ । नगरपालिकाका १५ वटै वडामा रहेका विभिन्न टोल विकास समितीका पदाधिकारीहरु सहभागि रहेको तालिममा ४० जनाको सहभागिता रहेको छ । कार्यक्रममा सहभागि टोलबासिहरुले टोल व्यवस्थापनमा कुनै संस्थाको मुख ताकेर नभइ त्यसमा आफै लाग्नु पर्ने कुरामा जोड दिएका थिए । तिन दिन सम्म संचालन हुने उक्त तालिममा नगरपालिकाका शाखा अधिकृत दामोदर ज्ञवाली, डोलराज पौडेल, समुदाय परिचालक राधिका श्रेष्ठ, भरत काउछा, बद्रि पौडेल, महेन्द्र थापा लगायतले सहजीकरण गर्नुहुने बताईएको छ । नगरपालिकाले नगरवाशिहरुमा क्षमता अभिवृद्धि गरि नगरपालिकाका हरेक कार्यमा अग्रसर गराउने उद्देश्यले विभिन्न समयमा यस प्रकारका तालिम प्रदान गर्दै आएका छन् ।

कपिल ज्ञवाली,बुटवल १३ बैसाख
लुम्बिनी नर्सिङ कलेज बुटवल ११ को आयोजनामा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । कलेजले बुटवल १३ को बुद्धनगर क्षेत्रका ४ सय सर्वसाधारणको स्वास्थ्य परिक्षण गरि औषधि बितरण गरेको हो । सो अवसरमा कलेजका बिद्यार्थी साथै डाक्टरहरु प्रायश्चित श्रेष्ठ, जीवन आत्रेय, केशव शर्मा, भगवान श्रेष्ठ, सगुन बज्राचार्य, लगायतले सहजीकरण गरेका थिए । कार्यक्रमको ब्यबस्थापन कलेजका कार्यकारी निर्देशक भिम तुलाचन, प्राचार्य कृष्णलाल श्रेष्ठ, पार्बती बोगडी लगायतले गर्नुभएको कलेजले जनाएको छ । यसैविच सि टी ई भि टी द्धारा २०६७ सालमा लिईएको पि सि एल नर्सिङ स्टाफ नर्सको वार्षिक परिक्षामा लुम्बिनी नर्सिङ कलेजबाट सत प्रतिशत विद्यार्थी उत्रिण भएको कलेजले जनाएको छ । कलेजका अध्यक्ष भिम तुलाचनले आउदो शैक्षिक सत्रदेखि स्नातक स्तरको वि एम एल टी विषयको अध्ययन गराउने तयारी भएको जानकारी दिनुभयो ।

कपिल ज्ञवाली .बुटवल १३ बैसाख

सीमा क्षेत्रका सुरक्षा निकायहरुबीच आपसी समझदारी, शान्ति सुरक्षा र सद्भाव कायम गर्न हिजो कपिलवस्तुको चन्द्रौटामा नेपाल भारत सीमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ । नेपाल भारतको सीमा क्षेत्रमा भइरहेका विभिन्न अपराधिक क्रियाकलापलाई न्यूनीकरणमा ऐक्यबद्धताका साथ अगाडि बढ्न र दुई देशका सीमा क्षेत्रका सुरक्षा निकायबीच प्रगाढ सम्बन्ध कायम गर्न कार्यक्रमको आयोजना गरिएको हो । सीमा क्षेत्रमा विभिन्न नामबाट हुने अपराध, लागू औषध ओसारपसार, चेलीबेटी बेचविखन, बम विष्फोट, वन तस्करी लगायतका असामाजिक र अनैतिक कार्यहरुमा दुवै पक्षको आपसी समझदारी र सहयोगका साथ सूचनाको आदानप्रदान गर्ने सहमति भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी लक्ष्मण कुमार थापाले जानकारी दिनुभयो । कार्यक्रममा भारत तथा नेपालका कपिलवस्तु र दाङ जिल्लाका सुरक्षा अधिकारी, वन कार्यालय प्रमुख, सुरक्षा निकायका अन्य पदाधिकारी, कपिलवस्तु तथा भारतका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
जिल्लाका विभिन्न स्थानको फोहर व्यवस्थापनका लागि जिल्ला विकास समिति कपिलवस्तुले ५ लाख ५० हजार रुपैंयाभन्दा बढि पर्ने कन्टेनर उपलब्ध गराएको छ । जिविसले पर्यटन वर्ष २०११ का अवसरमा जिल्लालाई स्वच्छ र हराभरा बनाउन कन्टेनर उपलब्ध गराएको हो । जिविसले कपिलस्तु नगरपालिका र ४ गाविसमा गरी ८० वटा कन्टेनर उपलब्ध गराएको जनाएको छ । नगरपालिकामा ३०, कृष्णनगर गाविसमा २०, वाणगङ्गा, जयनगर र वीरपूर गाविसमा १०÷१० वटा कन्टेनर प्रदान गरिएको जिविस स्थानीय विकास कोषका प्रमुख निरञ्जन पौडेलले बताउनुभयो । अन्य गाविसहरुमा पनि यो कार्यक्रम सन्चालन गरिने जिविसले जनाएको छ ।

कपिल ज्ञवाली.बुटवल १३ बैसाख

रिड नेपाल र लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय श्रोत केन्द्र दुधराक्ष ५ बांसगढिका विच पुस्तकालय भवन निर्माणको लागि सम्झौता भएको छ । सम्झौता पत्रमा पुस्तकालय निर्माणको लागि लाग्ने कुल रकम ६२ लाख ११ हजार ६ सय ७१ मध्ये १५ प्रतिशत केन्द्रको र बांकी ८५ प्रतिशत रिड नेपालले सहयोग गर्ने उल्लेख गरिएको छ । रिड नेपाल कन्ट्री डाईरेक्टर सम्झना श्रेष्ठको प्रमुख आतिथ्यता एवं श्रोत केन्द्रका युवराज काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुधराक्ष गाविस सचिव मिन बहादुर घिमिरे, इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरिक्षक डिल्ली नारायण पाण्डे, शिवराम नेपाल, धर्मराज आत्रेय, माया ज्ञवाली, कुमार अर्याल, रिम बहादुर श्रेष्ठ लगायतले पुस्तकालय निर्माणको लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । सोहि अवसरमा ६० जना भन्दा बढि व्यक्ति श्रोत केन्द्रका आजिवन सदस्य बनेको बताईएको छ ।रुपन्देहीको सिद्धार्थनगर नगरपालीका वडा नं ९ गुनहीयामा मसान घाटको सिलान्यास गरीएको छ । घाटको एक कार्यक्रमका बिच ओम प्रकास यादव गुल्जारीले सिलान्यास गर्नु भएको हो । घाट ब्यवस्थापन समितीका अध्यक्ष तथा समाजसेवी अर्जुन कुर्मीको अध्यक्षतामा सम्पन्न कार्य्रक्रममा एकिकृत माओबादीका पुर्ण प्रसाद भण्डारी, नेपाली कंग्रेसका थानेश्वर अधिकारी, एमालेका शेष कान्त भण्डारी समितीका कोषाध्यक्ष राम मिलन यादव, चर्तुभुज रेग्मी लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो । निर्माण सुरु गरीएको घाटका लागी चन्दा संकलन गरी निमार्ण सम्पन्न गरीने जनाईएको छ ।
भगवान गौत्तम बुद्धको अष्टधातु रहेको स्थल नवलपरासीको रामग्राम स्तुपमा पहिलो पटक फोटो प्रर्दशनी गरिने भएको छ । पर्यटन बर्ष २०११ सफल पार्ने उद्देश्यले रामग्राम स्तुपमा आठ बर्ष अघि उत्खननको क्रममा फेला परेका पौराणिक ऐतिहासीक महत्व भएका बिभिन्न बस्तु तथा सामानहरुको फोटो प्रर्दशनी गरिने भएको हो । बुद्ध जयन्तीको अवसर पारी आगामी जेठ ३ गतेदेखी ५ गतेसम्म संचालन हुने फोटो प्रर्दशनीमा रामग्राम स्तुपमा उत्खननको क्रममा फेला परेका ऐतिहासीक पौराणीक बस्तुहरुको फोटो समाबेश गरिने छ ।
२५ सय ५५ औ बुद्ध जयन्तीको अवसर पारेर रामग्राम स्तुपमा पहिलो पटक गर्न लागीएको फोटो प्रर्दशनीको रामग्राम पर्यटन प्रबद्र्धन समिती नवलपरासीले आयोजना गरेको हो । सन् २०११ लाई सरकारले पर्यटन बर्ष घोषणा गरेपछि यस क्षेत्रमा पर्यटन प्रर्बद्धन साथै प्रचार प्रसारका लागी रामग्राम स्तुपमा फोटो प्रर्दशनी गर्न लागीएको समितीका अध्यक्ष श्रीधर बस्यालले बताउनुभयो । फोटो प्रदर्शनीको लागि नेपाल प्राचीन बौद्ध मुर्ती संरक्षण समिती रामग्राम, जिल्ला बिकास समिती नवलपरासी, रामग्राम नगरपालीका सहित बिभिन्न संघ संस्थाहरुले सहयोग पु¥याएका छन ।

कपिल ज्ञवाली बुटवल १३ बैसाख


युवा संघ नेपाल रुपन्देहीद्वारा बुटवलमा सञ्चालित प्रचण्ड थैव स्मृती टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि न्यू फ्रेन्च क्लव कोलुही भारतले जितेको छ । आज भएको फाईनल खेलमा बुटवलको प्रचण्ड थैव–११ लाई ६ विकेटले हराउँदै न्यू फ्रेन्चले उपाधि रक्षा गरेको हो । जितसंगै न्यू फ्रेन्चले ५० हजार नगदका साथमा कप हात पारेको छ भने उपविजेता प्रचण्ड थैव–११ ले २५ हजारमा चित्त बुझाएको छ । फाईनल खेलमा टस जितेर ब्याटिङ रोजेको प्रचण्ड थैव–११ ले विपक्षीसामु २० ओभरमा ८ विकेट क्षतिमा प्रस्तुत गरेको ८४ रनको चुनौतीलाई न्यू फ्रेन्चले १० ओभरमा ४ विकेट गुमाउदै पूरा ग¥यो । उपाधि रक्षा गर्ने क्रममा न्यू फ्रेन्चमा नरुदिन खानले सर्वाधिक ३१ रन बनाए भने गुल्जार खान १७ तथा सहजात खानले १२ रन जोडे । त्यसअघि प्रचण्ड थैव–११ का यमु थापा र दिपेश थापा क्षेत्रीले समान १६ रन बनाए भने दिपु लिगल १३ र जोनन थापा १० रनमा आउट भए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । उपविजेता टिमलाई सस्तैमा समेट्ने क्रममा न्यू फ्रेन्चका मेन अफ द म्याच गुल्जार खान र जुगेश बर्माले २–२ विकेट हात पारे । प्रतियोगिता अवधिभर ८ विकेट हात पारेका कृष्ण थापा बेस्ट बलर घोषित भए भने न्यू फ्रेन्चका नरुदिन खान उत्कृष्ट ब्याट्सम्यान तथा न्यू फ्रेन्चकै गुल्जार खान मेन अफ द सिरिज घोषित भै पुरस्कृत भए । प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार पुरुषोत्तम पौडेल र स्वर्गीय प्रचण्ड थैवकी माता सुकन्या थैवले पुरस्कार प्रदान गर्नुभएको थियो । युवा संघका जिल्ला अध्यक्ष कुलेन्द्र पुनको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै नेपाल खेलकुद महासंघका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार पौडेलले सरकारले आगामी वर्षको बजेटमा खेलकुद क्षेत्रलाई प्राथमिकता दिने बताउनुभयो ।
»

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस