|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

गुल्मी विकास बैङ्गको प्रथम बार्षिक साधारण सभा सम्पन्न

शिबलाल सुबेदी,गुल्मी बैशाख ११,
गुल्मी विकास बैङ्गको प्रथम वार्षिक साधारण सभाले अच्युतराज जोशीको अध्यक्षतामा आगामि ४ बर्षको लागि सञ्चालन समिती चयन गरेको छ ।आईतबार सम्पन्न साधारण सभाले अच्युतराज जोशीलाई अध्यक्ष पदमा चयन गरेको हो ।
जसका सदस्यहरुमा राम प्रसाद पन्थी, सीता भुसाल, सगीता ज्ञवाली, यज्ञप्रसाद पन्थी लगायत रहेका छन । साधारण सभामा गुल्मी विकास बैकका सञ्चालक समितीका सदस्यहरु ,सम्पुर्ण शेयर धनीहरु लगायतको उपस्थिति रहेको थियो । साथै साधारण सभाले आर्थिक वर्ष २०६६÷०६७ को वार्षिक आर्थिक प्रतिवेदन समेत पारित गरेको छ । नयाँ सञ्चालक समितीको पहिलो बैठक समेत आईतबार नै बसेको छ । गुल्मी जिल्ला कार्यक्षेत्र रहने गरी स्थापित गुल्मी विकास बैंकले नेपाल राष्ट्र बैंकवाट इजाजतपत्र प्राप्त गरी मिति २०६६÷६÷८ वाट कारोवार सुरुवात गरेको हो । यस बैंकको अधिकृत पुंजी रु.१० करोड रहेको छ भने जारी पुंजी रु.२ करोड एवं चुक्ता पुंजी रु.१ करोड ४० लाख रहेको छ । यस विकास बैंकले ग्राहकहरुले सुबिधाका लागि किष्ट बैंक, भृकुटी विकास बैङ्ग र सेवा विकास बैङ्गसगँ सहकार्य गरि रकम स्थानान्तर गर्ने ब्यवस्था मिलाइ सेवा सुबिधा दिदै आएको छ भने रु १ लाख बराबरको दुर्घटना विमा र रु २ लाख सम्मको निक्षेपको सुरक्षण हुने ब्यवस्था गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा प्रधान कार्यलय रहेको यस बैङ्गले जिल्लाका तुराङ्ग मजुवा र वामीटक्सारमा आफ्नो शाखा बिस्तार गरि गा्रमिण क्षेत्रका जनताहरुलाई समेत सेवा दिदै आएको छ । बैङ्गले हालसम्म रु १७ करोड निक्षेप सकंलन गर्नुका साथै रु १३ करोड ऋण लगानी गर्नुका साथै ८ हजार ५ सय गा्रहकहरुलाई सेवा दिएको बैङ्गका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शर्माले जानकारी दिएका छन । बैङ्गले विपन्न बर्गका महिलाहरुलाई आर्थिक सशक्त्तिकरण गर्नका लागि आफ्ना २ गा्रमिण शाखाबाट लघुबित्त कार्यक्रम समेत सञ्चालन गरि ५० बटा केन्द्र अन्र्तगत १ हजार ५ सय महिलाहरुलाई समुहबद्ध गरि आयआर्जन क्रियाकलापमा सहभागी गराएको छ ।












»

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस