|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

होत्सवमा स्थानीय कला, संस्कृतिमा दर्शकको चासो,३ करोड १० लाखको कारोबार

गगनशिला खड्का,होत्सव सुचना केन्द्र । १० बैशाख, गुल्मी
धार्मिक पर्यटकीय स्थलको प्रवर्धन र जिल्लाको समग्र व्यापार गर्ने उद्देश्यका साथ गुल्मी जिल्लाको तम्घासमा बैशाख ४ देखि संचालन भैरहेको गुल्मी महोत्सवको आज सातौं दिन अहिलेसम्मकै बढी दर्शकले अवलोकन गरेका छन् ।महोत्सवमा अहिलेसम्म झण्डै ३ करोड १० लाखको कारोबार भएको र ७५ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको महोत्सव सचिवालय संयोजक कृष्णप्रसाद पोखरेलले बताउनु भयो । उद्योग वाणिज्य संघको आयोजना, जिविस र रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिको सहआयोजनामा तम्घासको चिदिचौरमा संचालन भैरहेको महोत्सवको भोली समापन हु“दैछ । गुल्मीको पहिलो महोत्सवमा घरेलु एवं स्थानीय सामाग्रीहरुको प्रदर्शनी, प्रविधि, लोपोन्मुख सामाग्रीहरु, कला, संस्कृति लगायतका १ सय १० स्टल राखिएका छन् । ‘गुल्मी जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन, कृषी, उद्योग र व्यापार’ नाराका साथ वाणिज्य संघले जिल्लामा पहिलो पटक महोत्सवको आयोजना गरेको हो । हरेक दिनको राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुतीले पनि महोत्सवमा रौनक थपेको छ ।यसैविच आज चर्चित नायक दिलिप रायमाझी,नायिका सुजता सिटौला,लोकपप तथा आधुनिक गायक रामचन्द्र काफले,लोक गायक पुरुषोत्तम न्यौपाने र गुल्मेली गायिका बन्दना पाण्डेयको प्रस्तुती रहेको थियो। साँस्कृतिक कार्यक्रम तर्फ पूरुषोत्तम न्यौपाने र मन्जु पौडेलको मैदिउँला जोवान मायाँ लाको हो भन्ने गितको दोहरीले दर्शकहरुलाई मनोरञ्जन प्राप्त भएको थियो। त्यस्तै महोत्सवमा बृहत निःशुल्क स्वास्थ्य शिविर, आ“खा शिविर, साहित्यकारहरुको जमघटले पनि मेला आर्कषक बनेको छ ।
यसैविच बैशाख ४ गतेदेखीनै सञ्चालित बृहत स्वास्थ्य शिविर अन्र्तगत शिक्षण अस्पत्ताल महराजगञ्ज,लुम्वनी मेडिकल कलेज र भरोसा अस्पत्तालको सहयोगमा सञ्चालित आङ्ग खसेका महिलाहरुको शिविरमा ६ सय २१ जनाले सेवा लिएका छन । जसअन्र्तगत आङ्ग खसेका महिलाहरुको शल्यक्रिया २,जनरल सर्जरी २१ जना यु.एस.जी ६५,इन्डोसकपी ५१,इसीजी ६० जनाको प्रेम ज्ञवाली र दिनेशचन्द्र पोख्रेलले गर्नुभएको थियो। यस्तै दोश्रो चरणमा लायन्स क्लव अफ गुल्मी र नेत्र ज्योती संघको सहयोगमा सञ्चालित तालु फाटेकाहरुको शिविरमा ३ सय ८६ जनाले उपचार सेवा लिएको स्वास्थ्य समिति संयोजक शेर बहादुर थापाले जानकारी दिनुभयो ।
»

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस