|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

तम्घासमा पश्चिमाञ्चल स्तरीय ऐतिहासिक साहित्यीक सम्मेलन

गगनशिला खड्का गुल्मी बैशाख ११,गते
बरीष्ठ साहित्यकारहरु र पश्चिमाञ्चल क्षेत्रका दर्जनौँ साहित्यकारहरुको उपस्थितीमा गुल्मीको तम्घासमा पश्चिमाञ्चल स्तरीय साहित्यीक गोष्ठी तम्घासमा सम्पन्न भएको छ । प्रथम गुल्मी महोत्सवको अवसरमा महोत्सव मूल आयोजक समितिको आयोजना र किरण पुस्तकालयको संयोजनमा सम्पन्न गोष्ठीमा पश्चिमाञ्चलका लुम्बिनी, धौलागीरी र गण्डकी अँचलका एकसय भन्दा बढी साहित्यकारहरुको सहभागीता रहेको थियो । अँचलका एकसय भन्दा बढी साहित्यकारहरुको सहभागीता रहेको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठान पद्य विभाग सदस्य डाक्टर वेञ्जु शर्माको प्रमुख आतिथ्यता तथा संगित तथा नाट्य प्रज्ञा विभागका सदस्य सचिव तीर्थ श्रेष्ठ, नेपाल प्रज्ञा प्रतिष्ठान लोकवार्ता विभागका सदस्य वुध राना, डाक्टर नेत्र प्रसाद न्यौपाने , साहित्यकार कोवी अज्ञात लगायतको विशेष आतिथ्यतामा सम्पन्न गोष्ठीमा साहित्यकारहरुले देशको बर्तमान अबस्थाप्रति चिन्तन गरेका थिए ।
गोष्ठिको अवसरमा आयोजीत पश्चिमाञ्चलस्तरीय कविता प्रतियोगीतामा अर्घाखाँचीका प्रेम मरासिनी प्रथम , तनहुँका अम्विका प्रसाद भट्टराई द्धितीय, गुल्मी तम्घासकी राधा पन्थी तृतिय र गुल्मीका पत्रकार समेत रहेका नारायण पोख्रेल, गुल्मीकै कासीराम मिश्रीत र रामप्रसाद पन्थी सान्तवना भएका थिए । प्रमुख अतिथी डा शर्माले प्रतियोगितामा प्रथम द्धितीय तृतीय र सान्तवना हुनेलाई त्रमश नगद रु १० हजार, ७ हजार,५ हजार र ३ हजारका दरले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
तीन चरणमा सम्पन्न भएको गोष्ठीको पहिलो चरणमा डाक्टर रामप्रसाद ज्ञवालीले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथी डाक्टर घनश्याम न्यौपाने, डाक्टर मुरारी पराजुली, कोपील ज्ञवाली, र गुल्मीका साहित्यकार एवं समालोचक शशी पन्थी लगायतले टिप्पणी गर्नुभएको थियो । राष्ट्रिय स्तरक बरीष्ठ साहित्यकारहरुले जोसमणि साहित्य सम्प्रदायका प्रवद्र्धक शशीधर स्वामीको तपोभूमि रेसुङ्गामा साहित्यीक गोष्ठी गर्ने योजना बनाउने निष्कर्ष समेत निकालेका छन् ।
तनहुँका साहित्यकार अम्विका प्रसाद भट्टराई, अर्घाखाँचीकी शर्मिला खनाल, गुल्मीका राधा पन्थी, रुद्र ज्ञवाली, डा. नेत्र प्रसाद न्यौपाने, पाल्पाली साहित्यकार गंगानाथ कोइराला र कृष्ण प्रसाद कोइराला, सरोज काफ्ले, केशव चालिसे, टंक पन्त, श्याम प्रसाद न्यौपाने, रेशम विरही घिमीरे, प्रकास चापागाई लगायतले अप्रतीयोगी कविहरुले कवितावाचन समेत गर्नुभएको थियो ।
गुल्मीका कवि लक्ष्मण प्रसाद रिजालले कविता वाचन तथा साहित्यकार एवं समालोचक दिन पन्थीले प्रवचन वाट स्वागत गर्नुभएको साहित्यीक गोष्ठी आयोजक समितीका संयोजक शशी पन्थीले कार्यक्रमको औचित्य माथी प्रकाश पार्नुभएको थियो ।

फोटो क्याप्सन :
    पश्चिमाञ्चल स्तरीय साहित्यीक गोष्ठीको अवसरमा आयोजीत कविता प्रतियोगीताका विजयीहरु बरीष्ठ साहित्यकारहरुसंग सामुहकि तस्विर खिचाउँदै ।


»

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस