|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

महोत्सवमा दर्शकको भिड बढ्दो,तिन दिनमा १ करोड ११ लाखको कारोबार

गगनशिला खड्का/महोत्सव सुचना केन्द्र प्रमुख । गुल्मी बैसाख ०६,
आईतबार देखी शुरु भएको प्रथम गुल्मी महोत्सवको आज तेश्रो दिनसम्म १ करोड ११ लाख ५० हजारको आर्थिक कारोबार भएको छ भने ३५ हजार ६ सय दर्शकहरुले महोत्सवको अवलोकन गरेका छन । पहिलो दिन ४२ लाख दोश्रो दिन १७ लाख र तश्रो दिन ५२ लाख ५० हजारको कारोबार भएको महोत्सव मुल आयोजक समितिले जनाएको छ । महोत्सवमा पहिलो दिन २५ हजार,दोश्रो दिन ५ हजार ५ सय र तेश्रो दिन ५ हजार १ सय दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवको तेश्रो दिन आज स्टल,टिकट र मेलाको ५ हजार १ सय दर्शकले अवलोकन गरेको र महोत्सवको मुख्य प्रायोजक समेत रहेको न्यु होल्याण्ड ट्याक्टर कम्पनीका ६ वटा ट्याक्टर विक्री भएको स्टल निर्माण समितिका संयोजक तारा प्रसाद भुषालले जानकारी दिनुभयो ।सदरमुकाम तम्घासमा रहेका १ सय १० स्टलमध्ये अपाङ्ग,घरेलु,कृषी,बन,पुस्तक प्रर्दशनि चित्रकला लगाएतका १५ स्टल आयोजकले निशुल्क रुपमा उपलब्ध गराएको छ ।साथै महोत्सवमा कृषी प्रर्दशनी,ढाका कपडा,कुमालेहरुको माटोका भाँडा बनाउने चर्खा,गुल्मीकै हाडहाडेका महिलाहरुको चिउरीको घिउ फेल्ने परम्परागत कोल,गिठीका ठेका,आरी,मदानी जस्ता लोपउन्मुख परम्परागत वस्तहरु,पिङ्ग,सर्कस दर्शकहरुको आर्कषणका केन्द्र बनेका छन ।यस्तै आज तेश्रो दिन पिपलधाराका बासिन्दाहरुले भैलो मारुनी नाँच प्रस्तुत गरेका छन भने लिम्घा गाविसका मगर समुदायका महिलाहरुले जेउमामै नाँच प्रस्तुत गरेको साँस्कृतिक समितिका संयोजक अनुप कुमार श्रेष्ठले बताउनुभयो । साँस्कृतिक कार्यक्रम तर्फ आज तेश्रो दिन चर्चित आधुनिक गायक प्रमोद खरेल दर्शकको आर्कषणको रुपमा रहेका छन । गायक खेरेलले मञ्चमा मलाई जसले पनि किन रुवाउछ,लागी—लागी मेरो यो चोखो मायाँ मनले मागी,म विना कसैकसैलाई मुस्कील छ पोखरामा,मेरो नेपाल प्यारोृ नेपाल लगाएतका एक दर्जन गितहरु डेढ घण्टा सम्म गाउँदा पनि दर्शकहरुको वोन्स मोर अझै घटेको थिएन । सन्तोष लामा,लोकदोहरी गायिका देबी घर्ती ,राजु ढकाल,गुल्मेली पुनकला महत्रा,विमला थापा र रोसनी गुरुङ्ग र लगाएतका कलाकारहरुको साँस्कृतिक प्रस्तुतीले चिदिचौर संगितमय बनेको थियो ।महोत्सव चलिरहेको समयमै पानी परेपनि दर्शकहरुको चाप भने घटेको छैन । मौसमका कारण रेसुङ्गा बाट सञ्चालनका लागी तयारी भएको प्याराग्लाईडिङ्ग र प्यारामोटर सञ्चालनमा कठिनाई भएको आयोजक समितिले जनाएको छ ।

»

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस