चार करोड भन्दा बढीको कारोबार गर्दै आज सम्पन्न हु“दै गुल्मी महोत्सव
सीता भण्डारी गुल्मी,११ बैशाख–
पर्यटकीय स्थलहरुको प्रवर्धन, कला संस्कृतिको संरक्षणको उद्देश्यले गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा तम्घासमा संचालन भैरहेको प्रथम गुल्मी महोत्सव आज समापन हु“दैछ । महोत्सवका पुर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेस केन्द्रिय सदस्य सुजाता कोइरालाले केहीबेरपछि समापन गर्दै हुनुहुन्छ । गुल्मी उद्योग वाणिज्य संघको आयोजना तथा जिविस र रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिको सहआयोजनामा बैशाख ४ देखि शुरु भएको महोत्सवमा ४ करोड भन्दा बढीको कारोबार भएको महोत्सव सचिवालय संयोजक कृष्णप्रसाद पोखरेलले जानकारी दिनु भएको छ । तम्घासको चिदिचौरमा संचालन भैरहेको महोत्सवमा घरेलु एवं स्थानीय सामाग्रीहरुको प्रदर्शनी, प्रविधि, लोपोन्मुख सामाग्रीहरु, कला, संस्कृति लगायतका स्टल एवं बस्तुहरुको विक्रि, कृषिजन्य उत्पादनको प्रचारप्रसार, सहित महोत्सव सम्पन्न ुहन लागेको हो । पहिलो पटक आयोजना गरिएको भएपनि महोत्सव अनुमान गरेभन्दा बढी कारोबार गर्दै सम्पन्न भएको उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल समितिका संयोजक कृष्णप्रसाद भण्डारीले बताउनु भयो । ‘गुल्मी जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन, कृषी, उद्योग र व्यापार’ नाराका साथ आयोजना गरिएको महोत्सवमा कृषि, बन तथा जडीबुटीका स्टलहरु, बहुमुल्य काठ अगरउड, अटोमोवाइल्स, चित्रकला प्रर्दशनी, ब्यापारिक सहित १ सय १० स्टल रहेका थिए । महोत्सवमा जिल्लाकै लोपोन्मुख सामाग्रीहरु काठको तोरी पेल्ने कोल, माटाका भा“डा तयार गर्ने कुमालेको चक्र, छालाको खलाती सहितको आरन, लगायतले पनि महोत्सव अवलोकनका लागि आउने दर्शकहरुको मन जितेको थियो । आठ दिनसम्म चलेको महोत्सवमा आङ्ग खसेका महिलाहरुको स्वास्थ्य परिक्षण एवं अप्रेसन, मुटु रोगीहरुको परिक्षण तथा उपचार, बृहत स्वास्थ्य शिविर, आ“खा शिविर लगायतका शिविरहरु निःशुल्क संचालन भएका थिए । त्यसमा पनि १ हजार ५ सय भन्दा बढीले स्वास्थ्य परिक्षण एवं निःशुल्क सेवा लिएको स्वास्थ्य शिविर संयोजक शेरबहादृर थापाले जानकारी दिनु भएको छ । »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें