गुल्मीको सदरमुकाम नजिकै जंगलमा भिषण आगलागी
शिबलाल सुबेदी गुल्मी बैशाख ९
गुल्मीको सदरमुकाम तम्घास गाविसको बाख्रेछेडा जंगलमा भिषण आगलागी भएको छ । शुक्रबार दिउसो १ बजे तिर लागेको आगो हावा हुरीका कारण आगालागि ३ बजेपछि मात्र नियन्त्रणमा आएको छ । आगो नेपाली सेना नेपाल प्रहरी र सदरमुकाम तम्घासका स्थानीयवासीहरुको सहयोगमा नियन्त्रणमा आएको थियो । पर्यटकिय एवम धार्मिक क्षेत्र रेसुङ्गा नजिकै बन क्षेत्रमा लागेको आगोले १० हेक्टर वन क्षेत्र नष्ट पारेको छ । आगलागीका कारण जंगलमा रहेका महत्वपुर्ण जडिबुटीहरु नष्ट भएका छन । आगो कसले र किन लगायो भन्ने बारेमा भने अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें