म्होत्सवमा आर्थिक कारोबार बढ्दो,महोत्सवबाटै घर विक्री भयो
गगनशिला खड्का/म्होत्सव सुचना केन्द्र प्रमुख
गुल्मी बैशाख ९
गुल्मी जिल्लाको समग्र विकासको आधार,धार्मिक स्थलको प्रवद्र्धन,पर्यटन,कृषी,उद्योग र व्यापार भन्ने मुल नाराका साथ आईतारदेखी शुरु भएको प्रथम गुल्मी महोत्सवको छैठौ दिनसम्म २ करोड ७२ लाखको आर्थिक कारोबार भएको छ भने ६० हजार २ सय दर्शकले महोत्सवको अवलोकन गरेका छन । बैशाख ४ गतेदेखी ११ गते सम्म सञ्चालन हुने महोत्सवको छैठौ दिन आज ७८ लाखको आर्थिक कारोबार भएको छ भने १० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन । दर्शकहरुको आर्कषणको रुपमा आज आनन्द कोलिनीको हाउजिङ्ग स्टल रहेको छ । जुन स्टलमा दर्शकहरुको अत्याधिक चाप रहेको थियो भने आजै स्टलको रुपन्देहीको मणिग्राममा रहेको एउटा पक्की घर विक्री भएको स्टल निर्माण समितिका संयोजक तारा प्रसाद भुषालले जानकारी दिनुभयो । महोत्सवमा विकट गाउँ—गाउँ बाट महिला,केटाकेटी र विधार्थीहरुको उल्लेख्य उपस्थीती रहेकोले आज छैठौँ दिन गरगहनामा दर्शकहरुको आर्कषण बढ्को स्टल निर्माण समितिका संयोजक तारा प्रसाद भुषालले जानकारी दिनुभयो सदरमुकाम तम्घासमा रहेका १ सय १० स्टलमध्ये अपाङ्ग,घरेलु,कृषी,बन,पुस्तक प्रर्दशनि चित्रकला लगाएतका १५ स्टल आयोजकले निशुल्क रुपमा उपलब्ध गराएको छ ।साथै महोत्सवमा कृषी प्रर्दशनी,ढाका कपडा,कुमालेहरुको माटोका भाँडा बनाउने चर्खा,गुल्मीकै हाडहाडेका महिलाहरुको चिउरीको घिउ प्रंशोधन गर्नै परम्परागत काठको कोल,गिठीका ठेका,आरी,मदानी जस्ता लोपउन्मुख परम्परागत वस्तहरु,पिङ्ग,सर्कस दर्शकहरुको आर्कषणका केन्द्र बनेका छन । त्यस्तै शिविरकै अवसर पारेर बुधवार देखि शुरु बृहत आ“खा परिक्षण शिविरको अन्तीम दिनसम्म ३ सय ६७ जनाले आखा परिक्षण गराएका छन । आ“खा शिविरको पहिलो दिन १ सय २१,दोश्रो दिन १ सय ३१ र तेश्रो दिन १ सय १५ गरी ३ सय ६७ जनाले परिक्षण गराएका छन् भने ७८ जनाको मेजर अप्रेशन र ५ जनाको माईनर अप्रेशन गरिएको स्वास्थ्य समिति संयोजक शेर बहादुर थापाले जानकारी दिनुभएको छ । शिविरमा सर्जन अर्जुनमल्ल भारीले बिरामीको परिक्षण र अप्रेसन गर्नुभएको थियो । स्वास्थ्य एवं आ“खा शिविरमा सेवा लिएका बिरामीहरुलाई आवश्यक पर्ने औषधी निःशुल्क उपलब्ध गराईएको शिविर संयोजक थापाले बताउनुभयो भने आजै देखी मोडेल अस्पत्तालको सहयोगमा सञ्चालित ओठ काटेका तथा तालु फाटेकाहरुको प्लाष्टीक सर्जरी शिविरमा ५ जनाको अप्रेशन गरिएको छ । दुई दिनसम्म चल्ने शिविरमा ८ जनाको अप्रेशन भोली गरिने बताईएको छ भने यता बृहत स्वास्थ्य शिविर अन्र्तगत विभिन्न रोगहरुको जाच तथा उपचारमा आज ३ सय १ जनाको परिक्षण गरिएको छ । महोत्सवलाई स्वास्थ्य शिविरसंगै स्थानीय लोपोन्मुख सामाग्री तेल पेल्ने काठको कोल, कुमालेको चक्र, स्थानीय उत्पादन, हस्तकलाका सामाग्री, खशीको छालाको खला“तीबाट चल्ने आरन, कलाकर्मीहरुको संस्था स्पेक्ट्रम काठमाण्डौ स्थानीय स्तरमै आएर तयार पारेका चित्र, राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती लगायतले निकै आर्कषक बनाएको छ ।आज साँस्कृतिक तर्फ आधुनिक गायिका रेश्मा सुनुवार,लोकदोहरी तर्फ चर्चित गायक राजु परियार,शिला आले,नृत्यमा पुर्णीमा श्रेष्ठ र हास्यकलाकार आरपी भट्टराई“राजराम”ले दर्शकहरुलाई मनोरञ्जनात्मक प्रस्तुती दिनुभएको थियो। दर्शकमाझ निकै लोकप्रिय कलाकार राजु परियारले शिवा आले र मन्जु पौडेल संग माकुरीको जाल लाउँथे पिरती नपारेत गाल भन्ने गितमा दोहरी गाउँदा दर्शकहरु पनि तछाड र मछाड गरि गरि नाचेका थिए। »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें