रुपन्देहीको मोतिपुर गाविस खुल्ला दिसामुक्त क्षेत्र बन्ने
कपिल ज्ञवाली बुटवल १०,बैसाख
बुटवल नजिकै रहेको मोतिपुर गाविसलाई पनि खुल्ला दिसामुक्त क्षेत्र बनाइने भएको छ । बुटवल नजिकैको शंकरनगर गाविस खुल्ला दिसामुक्त भएको केही समयपछि मोतिपुरलाई पनि खुल्ला दिसामुक्त क्षेत्र बनाउने थालनी गरिएको हो । मोतिपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नेतृत्वमा गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र बनाउन हाल पहल तीव्र रुपमा अगाडि बढाइएको छ । समितिले दुई वर्षभित्र अर्थात् वि.स. २०७० सम्ममा गाविसलाई दिसामुक्त बनाउनका लागि अभियान सुरु गरेको हो । यो अभियानका लागि हाल विभिन्न कामहरु पनि सुरु गरिएको छ । गाविसको प्रत्येक वडामा अभियानलाई सघाउ पु¥याउने समिति गठन गरी परिचालन गरिएको छ । सो समितिले आफ्नो क्षेत्रमा रहेको शौचालय नभएको घरहरुको तथ्याङ्क संकलन कार्य पनि सकिसकेको अभियानको नेतृत्व गरिरहेको मोतिपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भीमप्रसाद न्यौपानेले जानकारी दिनु भयो । समितिको प्रारम्भिक तथ्याङ्क संकलनबा हालसम्म एक हजार तीन घरमा अझै पनि शौचलाय नभएको तथ्य फेला परेको उहाले बताउनु भयो । अभियान सफल बनाउनका लागि समिति विभिन्न सरोकारवालाहरु यस विषयमा पटकपटक अन्तरक्रिया पनि सम्पन्न गरिसकिएको छ । गाविसमा ३६ सय घरधुरीमा करिब १३ हजार मानिस बसोबास गर्ने गरेको प्रारम्भिक अनुमान छ । »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें