पाल्पाको एक मात्र सहकारी दुग्ध प्रशोधन केन्द्र बन्द
कपिल ज्ञवाली/बुटवल १०, बैसाख
पाल्पा जिल्लाको दुग्ध व्यावसायको विकास गदै किसानलाई सहज रुपमा दुग्ध विक्री गर्ने व्यावस्था मिलाउन लाखौं मुल्य खर्चिएर संचालन गरिएको जिल्लाको एक मात्र सहकारी दुग्ध प्रशोधन केन्द्र बन्द भएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघका पदाधिकारी र कर्मचारीहरूको लापरवाहिका कारण दैनिक १५ सय लिटर दुध भण्डारण गर्नसक्ने क्षमता भएको प्रशोधन केन्द्र बन्द भएको छ । तानसेनस्थित काजीपौवामा वि.स.२०५३ सालमा किसानको खेर गएको दुधलाई भण्डारण गर्न प्रशोधन केन्द्र खोलिएको थियो । नेतृत्वको लापरवाहिका कारण नै प्रशोधन केन्द्र बन्द भएको किसानहरुको भनाइ छ । केन्द्र बन्द भएपछि उपकरणहरू समेत अलपत्र अवस्थामा रहेका छन् । २०५३ सालमा जिल्ला विकास समितिको दुई लाख, तानसेन नगरपालिकाको एक लाख २५ हजार जिल्ला पशुसेवा कार्यालय मार्फत तेस्रो पशुविकास आयोजनाको छ लाख २५ हजार रुपियाँ प्रशोधन केन्द्र खोल्नमा भएको लागानी खेरा गएको जिल्ला पशु सेवा कार्यालयका चिकित्सक डा शिलतबाबु श्रेष्ठले बताउनु भयो । संघमा नेतृत्वको असक्षमता र व्यवस्थापन गर्ने कर्मचारीहरूका कारण किसान र सरकारी र दातृ निकायको रकम डुबेको किसानहरुले दाबी गरेको छ । संघका केही व्यक्ति र कर्मचारीहरू मोटाउनुका तर किसानहरूले दुधको पैसा समेत नपाउने अवस्था सिर्जना भएपछि प्रशोधन केन्द्र बन्द भएको बताइएको छ । यता संघका पद्याधिकारीहरु भने केन्द्रलाई आवश्यक पर्ने दुध उत्पादन नभएकोले संघ बन्द भएको बताएका छन् । »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें