कर्मचारीको वेवास्ताले लाखौंको भन्सार राजस्व छल्ने काम बढ्यो
कपिल ज्ञवाली/बुटवल १०, बैसाख
नवलपरासी जिल्लाका विभिन्न भन्सार नाकाका कर्मचारीको वेवास्ताले लाखौंको भन्सार राजस्व छल्ने काम भइरहेको छ । महेशपुर नाका लगायत जिल्लाका विभिन्न भन्सार नाकाबाट भन्सारकै कर्मचारीको मिलोमतोमा राजस्व छल्ने काम भइरहेको हो । नवलपरासिका विभिन्न भन्सार नाकाबाट पाल्पा र चितवन लगायत कावासोती लगायत राजमार्ग क्षेत्रबाट बस र जिप नै रिजर्भ गरी घर प्रयोग भन्दै भन्सार नगरी ब्यापारीहरूले भारतबाट लाखौंको माल सामान लैजाने गरेको स्थानियवासीको आरोप छ । भन्सार छलिले मासिक ५ देखि १० लाख सम्म राजश्व संकलन हुने महेशपुर नाकामा अहिले राजश्व संकलनमा कमि आएको छ ।
»
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें