नवलपरासीमा आधा दर्जन ट्रकमा तोडफोड
कपिल ज्ञवाली,बुटवल बैशाख ७
लोड बहिस्कार कार्यक्रमको अवज्ञा गरेको भन्दै पश्चिम नेपाल ट्रक व्यवसायी सङ्घका सदस्यहरुले आज नवलपरासीका विभिन्न स्थानमा आधा दर्जन ट्रकमा तोडफोड गरेका छन् । ईन्धनको मूल्य बढेसंगै ट्रक भाडामा मूल्य नबढाएको भन्दै भाडा बढाउन दबाब दिन पश्चिम नेपाल ट्रक वयवसायी सङ्घले आज लोड बहिस्कार कार्यक्रम राखेको बताएको छ । लोड बहिस्कार कार्यक्रमको अवज्ञा गरेको भन्दै नारायणी ट्रक व्यवसायी सङ्घका ट्रकहरुमा आज नवलपरासीको माकर गाविस ४ चिसापानी र दुम्कीवास ५ दाउन्नेमा गरी आधा दर्जन ट्रकहरुमा तोडफोड गरेको जिल्ला ट्राफिक कार्यालय कावासोतीले जनाएको छ । तोडफोडमा संलग्न पश्चिम नेपाल ट्रक व्यवसायी सङ्घका गणेश शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
»
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें