शान्ती सुरक्षा कायम राख्न दुवै देश सहमत
कपिल ज्ञवाली,बुटवल बैशाख ७
नेपाल र भारतको सिमावर्ती क्षेत्रमा शान्ती सुरक्षा कायम राख्नका लागी दुबै देशले सहयोग गर्ने दुई देशका सुरक्षा अधिकारी सहमती भएका छन् । यसैगरी लागु औषध, मानव तस्करी, हातहतियार ओसार पोसार सहित अन्य समस्या समाधान गर्न समेत आवश्यक सहयोग गर्ने दुबै देशका अधिकारी बिच सहमती भएको हो ।गत सोमबार भारतको रक्सौलमा नेपाल र भारतका सुरक्षा अधिकारी बिच भएको छलफलमा उक्त सहमती भएको नेपाली टोलीका प्रमुख एवं नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिराज पन्तले जानकारी दिनुभयो । छलफलमा भारतको तर्फबाट भारतको उत्तर प्रदेश र बिहार क्षेत्रका सुरक्षा निकायमा प्रतिनिधिहरु साथै नेपालको तर्फबाट नवलपरासी, बिरगन्ज साथै चितवनका सुरक्षा निकायका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें