|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

प्राथमिक उपचार तालिम शुरु

कपिल ज्ञवाली,बुटवल बैशाख ७
पश्चिम पाल्पाको भुवनपोखरीमा ४ दिने आधारभुत प्राथमिक उपचार तालीम शुरु भएको छ । सामान्य उपचार पद्धतिको अभावमा पनि मानिसको अकालमा ज्यान जाने अबस्था रहेकोले गाउंघरमै पनि प्राथमिक उपचार बाट मानिसको ज्यान बचाउन सकियोस भन्ने उद्देश्यले तालीम संचालन गरिएको हो । नेपाल रेडक्रस सोसाईटी तानसेन पाल्पाको आयोजना र भुवनपोखरी प्रकोप न्युनिकरणको समन्वयनमा तालीम शुरु गरिएको हो । तालीममा रक्तश्राव, कृत्रिम स्वाशप्रश्वास, हातखुट्टा भाचिएको, आगोले पोलेको, नाथ्रो फुटेको, वेहोस हुने, लगायतका सामान्य उपचार पद्धतिको वारेमा प्रशिक्षण दिईएको छ । तालिमका सहभागीहरुलाई स्थानिय श्रोत साधन परिचालन गरी स्टेचर बनाउन पनि तालीम दिईएकोे छ । तालीममा रैनादेवि उच्च मावि र भुवनपोखरी गाउं विकास समितीका गरी २४ जनाको सहभागिता रहेको छ । रेडक्रस पाल्पाले बिगत १ बर्ष देखी भुवनपोखरी गाविसमा प्रकोप जोखिम न्युनिकरण कार्यक्रम संचालन गर्दै आएको छ । प्राथमिक उपचार तालीम ९ गते सम्म चल्ने छ । »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस