नुवाकोटमा गोली चल्यो
९ वैशाख, नुवाकोट ।
नुवाकोटको थान्सिङ गाविसस्थित छहरे बजारमा बिहीबार राति गोली चलेको छ ।स्थानीय व्यवसायीले मिनिट्रकमा सामान ल्याउँदै गर्दा बाटोमा रोकेर पैसा असुली गरिरहेका केही युवाले पैसा नदिएको झोकमा राति ११ बजेतिर गोली चलाएका हुन् । त्यसक्रममा तीन पटक गोलीको आवाज सुनेको स्थानीय सुरेश गौतमले जानकारी दिए । घटनाबाट कुनै मानवीय क्षति भने नभएको गौतमले बताए ।घटनामा स्थानीय व्यापारी तथा ठेकेदारहरुसित फिरौती उठाउादै आएकानुवाकोट सूर्यमतिका सिताराम पुलामी उर्फ ‘रामसोल्टी’, स्थानीय कांग्रेस कार्यकर्ता नवराज थापा र बासु थपलिया लगायतको संलग्नता रहेको स्थानीयले बताएका छन् ।प्रहरीले भने घटनाबारे कुनै जानकारी नभएको जनाएको छ ।
नुवाकोट प्रहरी प्रमुख बालकृष्ण थापाले घटनाबारे जानकारी नभएपनि घटनाका आरोपी पुलामीले हप्ता असुली गरिरहेको विषयमा स्थानीयले गुनासो गर्ने गरेपनि लिखित उजुरी नपरेकाले कारवाही गर्न समस्या भएको बताउनु भयो ।
केही वर्ष पहिले काठमाडौामा पेशेवर गुण्डागर्दी गर्दै आएका पुलामीलाई अर्को समूहले तरबार हानेपछि नुवाकोट फर्केका हुन् ।
पुलामीको नाम बालाजु प्रहरीको भगौडा अभियुक्तको सूचीमा छ । »

0 टिप्पणियाँ:
एक टिप्पणी भेजें