|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

१ करोड ९४ लाखको कारोबार

गगनशिला खड्का/म्होत्सव सुचना केन्द्र प्रमुख । ८ बैसाख
गुल्मी जिल्लाको समग्र विकासको आधार,धार्मिक स्थलको प्रवद्र्धन,पर्यटन,कृषी,उद्योग र व्यापार भन्ने मुल नाराका साथ आईतारदेखी शुरु भएको प्रथम गुल्मी महोत्सवको पाँचौ दिनसम्म १ करोड ९४ लाखको आर्थिक कारोबार भएको छ भने १४ हजार २ सय दर्शकले महोत्सवको अवलोकन गरेका छन ।बैशाख ४ गतेदेखी ११ गते सम्म सञ्चालन हुने महोत्सवको पाँचौ दिन आज १६ लाख ५० हजारको आर्थिक कारोबार भएको छ भने दर्शकहरुको आर्कषणको रुपमा अचार,नमकिन र ग्यारेन्टीका गरगहना रहेका छन । महोत्सवमा विकट गाउँ—गाउँ बाट महिला,केटाकेटी र विधार्थीहरुको उल्लेख्य उपस्थीती रहेकोले आज पाँचौ दिन गरगहनामा दर्शकहरुको आर्कषण बढ्को स्टल निर्माण समितिका संयोजक तारा प्रसाद भुषालले जानकारी दिनुभयो सदरमुकाम तम्घासमा रहेका १ सय १० स्टलमध्ये अपाङ्ग,घरेलु,कृषी,बन,पुस्तक प्रर्दशनि चित्रकला लगाएतका १५ स्टल आयोजकले निशुल्क रुपमा उपलब्ध गराएको छ ।साथै महोत्सवमा कृषी प्रर्दशनी,ढाका कपडा,कुमालेहरुको माटोका भाँडा बनाउने चर्खा,गुल्मीकै हाडहाडेका महिलाहरुको चिउरी प्रशोधन गर्नै परम्परागत काठको कोल,गिठीका ठेका,आरी,मदानी जस्ता लोपउन्मुख परम्परागत वस्तहरु,पिङ्ग,सर्कस दर्शकहरुको आर्कषणका केन्द्र बनेका छन ।आज पाँचौ दिन गुल्मीको धार्मिक एवम पर्यटकिय क्षेत्र रेसुङ्गामा सञ्चालित धार्मिक सभामा संलग्न पण्डितहरुको भजनले महोत्वमा सहभागी सबैलाई हौसला तुल्याएको थियो। त्यस्तै शिविरकै अवसर पारेर बुधवार देखि शुरु बृहत आ“खा परिक्षण शिविरको आज दोश्रो दिन १ सय २५ जनाले आखा परिक्षण गराएका छन । आ“खा शिविरको पहिलो दिन झण्डै १ सय १०जनाले परिक्षण गराएका छन् भने २० जनाको मोतिया बिन्दु र १ जनाको माइनर अप्रेसन गरी २१ जनाको अप्रेसन गरिएको आ“खा उपचार केन्द्रका प्रमुख सुर्य बस्नेतले बताउनुभयो ।आज दोश्रो दिन ४२ जनाको मेजर अप्रेशन र १ जनाको माइनर अप्रेशन गरिएको स्वास्थ्य समिति संयोजक शेर बहादुर थापाले जानकारी दिनुभयो। शिविरमा सर्जन अर्जुनमल्ल भारीले बिरामीको परिक्षण र अप्रेसन गरिरहनुभएको छ । आ“खा शिविर शुक्रवारसम्म चल्ने आयोजकले जनाएको छ ।स्वास्थ्य एवं आ“खा शिविरमा सेवा लिएका बिरामीहरुलाई आवश्यक पर्ने औषधी निःशुल्क उपलब्ध गराईएको शिविर संयोजक थापाले बताउनुभयो । महोत्सवलाई स्वास्थ्य शिविरसंगै स्थानीय लोपोन्मुख सामाग्री तेल पेल्ने काठको कोल, कुमालेको चक्र, स्थानीय उत्पादन, हस्तकलाका सामाग्री, खशीको छालाको खला“तीबाट चल्ने आरन, कलाकर्मीहरुको संस्था स्पेक्ट्रम काठमाण्डौ स्थानीय स्तरमै आएर तयार पारेका चित्र, राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती लगायतले निकै आर्कषक बनाएको छ ।आज साँस्कृतिक तर्फ आधुनिक गायक रामकृष्ण ढकाल,लोक दोहरी गायिका टिका पुन,मन्जु पौडेल,लक्ष्मण खड्का,हास्यकलाकार जोगिन्धर र मुलासागले दर्शकहरुलाई व्यङ्गग्यात्मक तरिकाले हसाउनुभएको थियो भने भोली आधुनिक तर्फ रेश्मा सुनुवार,राजु परियार शिवाल आले,हास्यकलाकार राजराम लगाएतका प्रस्तुती रहने साँस्कृतिक समिति संयोजक अनुप कुमार श्रेष्ठले जानकारी दिनुभयो। प्हिलो पटक सञ्चालित प्रथम रम्वा गुल्मी तारामा आज पाँचौ दिन सम्म ३ जना प्रतिस्पर्धाबाट बाहिरिएका छन । जसमध्ये तम्घासकी मोनिता थापा,सिमलटारीका धर्मेन्द्र जिसी,तम्घासका नविन बराल बाहिरिएका छन भने तम्घासका सागर सारु,विशाल श्रेष्ठ,गौतम विक,दिनेश पुन प्रतिस्पर्धामा रहेको साँस्कृतिक समिति सदस्य भरत भलामीले जानकारी दिनुभयो । »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस