|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

रुद्रावती क्याम्पसमा नयाँ विद्यार्थीहरुलाई स्वागत

९ वैशाख गुल्मी ,
रुद्रवती वहुमुखी क्याम्पस वामी टक्सार गुल्मी मा स्नातक तह दोश्रो र तेश्रो वर्षका विद्यार्थीहरुले पहिलो वर्षका विद्यार्थीहरुलाई स्वागत गरेका छन् ।स्वागत कार्यक्रममा रुद्रवती वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हिरामणि अर्यालले विद्यार्थीहरुमा अनुशासन महत्वपुर्ण हुने भएकोले अनुशासनलाई आत्मसाथ गर्न आग्रह गर्दै ग्रामिण भेगमा खुलेको क्याम्पसमा पढ्न पाउने अवसर भएको भन्दै क्याम्पस नेपालकै ग्रामिण क्षेत्रमा नमुना भएको दावी गर्नुभएको थियो ।
कार्यक्रममा पहिलो वर्षका हिमाल आचार्य दुर्गा वहादुर कार्की विन्दु िसंह दोश्रो वर्षका राम वहादुर कार्की प्रकाश नेपाली वुद्धिमणी खराल तेश्रो वर्षका कौरव खत्री लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा दोश्रो वर्षका सुरज काफ्ले तथा तेश्रो वर्षका हरिमाया छन्त्यालले कविता तथा गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम स्ववियू सभापति झविलाल भण्डारी को अध्यक्षतामा भएको थियो ।

»

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस