|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

हिंसा अन्त्यका लागि परिवारबाटै अभियान शुरुवात गर्नुपर्छ

कपिल ज्ञवाली,बुटवल ८ बैसाख
महिलामाथि हुने हरेक खालका हिंसा अन्त्यका लागि परिवारबाटै अभियान शुरुवात गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
महिलाहरु सामाजिक,आर्थिक,राजनैतिक लगायतका थुप्रै अवसरहरुबाट बञ्चित हुनुपरेको भन्दै त्यसको लागि महिलाहरुलाई परिवारीक बन्धन हुन नहुने बताए । संचारिका समुह लुम्बिनी अञ्चल समन्वय समतिले विहिबार बुटवलमा आयोजना गरेको महिला ससक्तीकरणमा हाम्रो भुमिका बिषयक अन्तरक्रियामा सहभागिहरुले यस्तो धारणा ब्यक्त गरेका हुन् ।

उनीहरुले परिवारबाटै महिला हिंसाका घटनाहरु भईरहेको भन्दै सामाजिक रुपान्तरणको लागि परिवारमा समानता आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा बोल्दै महिला अधिकारकर्मि सावित्रा अर्यालले हरेक ठाउमा महिलाहरुको उपस्थिति न्यून रहेको बताउदै सामानता र अधिकारको निम्ति सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताईन । उनले महिलाहरुमाथि परिवार,समाजबाट बारम्बार हिंसाका घटनाहरु भईरहेकाले संचारमाध्यमसंग सहकार्य गरेर अधिकारको अँन्दोलनलाई ससक्त पार्नुपर्ने बताईन । अनेमसंघ क्रान्तिकारीका लक्ष्मी कोईरालाले राज्यका प्रमुख निकायहरुमा महिलाहरुको समान प्रतिनिधित्व नभएसम्म अधिकारको लडाई कायम रहेने बताउदै राजनितिक रुपमा महिलाहरु सचेत हुनुपर्ने बताईन । अनेमसंघ रुपन्देहीका चुमकला बस्यालले महिला ससक्तीकरणमा राज्यको सामाजिक संरचना नै रहेकाले त्यसलाई तोड्नुपर्ने बताईन ।

कार्यक्रममा रुपन्देही ब्यपार संघका टंक पोख्रेल,रुपन्देही उद्योग संघका तेज कुमार पाठक, बुटवल उद्योग बाणिज्य संघका कृष्ण कुमार श्रेष्ठ, अधिवक्ता महेन्द्र पाण्डे, ईन्सेक रुपन्देहीका अमृत गिरी, रिकभरिङ नेपालका राजन खड्का,सर्व नेपालका कविता रसाईली, ईनरह्वील क्लबका शान्ता शाक्य,नौलो घुम्तीका सपना गुरुङ लगायतले बोल्दै महिला ससक्तीकरणका लागि सबै तह र तप्काबाट सहयोग जरुरी रहेको बताए । अमृता अनमोलको अध्यक्षतामा भएको कार्यक्रमको ईन्दिरा अर्यालले समिक्षा गरेकी थिईन् ।
»

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस