दलहरुबिच सहमती भए ४÷५ दिनमै सबिधान बन्नेः कोइराला
शिबलाल सुबेदी.गुल्मी बैशाख ११,
नेपाली कांग्रेसकी केन्द्रिय सदस्य एवं पुर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले दलहरु बिच सहमति भएमा ४÷५ दिनमै संविधान जारी गर्न सकिने बताएकी छिन । काग्रेस नेतृ कोइरालाले त्यसका लागि सबै राजनीतिक दलहरुबिच सहकार्य, सहमति र एकता आवश्यक रहेको जोड बताएकी छिन । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा बैशाख ४ गते देखि तम्घासमा शुरु भएको प्रथम गुल्मी महोत्सवको आईतबार समापन गर्दै नेतृ कोइरालाले संविधानको धेरै विषयमा सहमति भै सकेकाले र दलहरु एकताबद्ध भएमा तोकिएकै समयमा संविधान जारी गर्न सकिने बताएकी छिन । उनले सबै राजनितीक दलहरु बिच एकता नभएसम्म देशमा कुनै पनि काम सम्भव नभएकाले सबै एकजुट भएर अगाडि बढ्नु पर्ने बताएकी हुन । दलहरुबिच सहकार्य, सहमति र एकता नभएकै कारण मुलुक पछाडी परेको समेत उनले बताईन । समापन कार्यक्रममा बोल्दै नेतृ कोइरालाले गुल्मीको रेसुङ्गा पर्यटकीय क्षेत्रको विकासका लागि नमुना रहेको भन्दै त्यसका लागि तराईसंग जोड्ने गरी सडक निर्माण आवश्यक रहेको जानकारी गराईन । उनले रुपन्देहीको सालझण्डी, गुल्मीको खर्बाङ्ग, तम्घास, मुसिकोट, हु“दै बाग्लुङ्गको ढोरपाटन जोड्ने सडक निर्माण र रेसुङ्गामा केबुलकार संचालन गर्न सकेमा गुल्मीको आर्थिक विकासमा मद्धत पुग्ने भन्दै आफुले त्यसका लागि सक्दो पहल गर्ने प्रतिबद्धता समेत नेतृ कोइरालाले व्यक्त गरिन । गुल्मी उद्योग वाणिज्य संघको आयोजना, जिल्ला विकास समिती गुल्मी र रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिको सह–आयोजनामा संचालन भएको प्रथम गुल्मी महोत्सव ४ करोड ५५ लाखको आर्थिक कारोबार र १ लाख भन्दा बढी दर्शकहरुले अबलोकन गर्दै आज सम्पन्न भएको महोत्सव सचिवालयले जनाएको छ । साथै नेतृ कोइराललाले आईतबार बिहान लोकतन्त्र दिवसमा सहभागी हुदै कार्यकक्ताहरु सग पनि भेटघाट गरेकी थिईन । »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें