|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

साढे ३ सयद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

कपिल ज्ञवाली/बुटवल, बैशाख १०÷
मंगलमय बचत तथा ऋण सहकारी संस्था बुटवल–१३, रुपन्देहीको आयोजनामा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।बुटवल–१३, देविनगरमा रहेको फिफा टेक्निकल सेन्टरमा आयोजित शिविरमा जनरल स्वास्थ्य अन्तर्गत नाक, कान, त्थरी, गलगाड, पाठेघर लगायतको परीक्षणगरिएको थियो । युनाईटेड मिसन अस्पताल पाल्पा र फ्लोरेन्स नाइटेङ्गल
नर्सिङ कलेज बुटवलको सहयोगमा शिविर संचालन गरिएको थियो । शिविरमा
चिकित्सकहरु चुडाबहादुर थापा, निरेश थापा, यमबहादुर भुजेल थापा, प्रकाश पुन,
दामोदर पन्त, नीता श्रेष्ठ, पुर्ण बहादुर घर्ती, समिर क्षेत्री, ज्योति राना
लिम्बु सहितको स्वास्थ्यकर्मी टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको थियो


शिविरमा महिला, पुरुष, बालवालिका गरी ३ सय ४७ जनाको निःशुल्क स्वास्थ्य
परीक्षण गरिएकोमा शल्यक्रिया गर्नुपर्ने ८ जनालाई थप उपचारको लागि मिसन
अस्पताल लगायत अन्य अस्पतालमा रिफर गरिएको कार्यक्रम संयोजक निर्मल प्रकाश
रानाले जानकारी गराउनुभयो ।

शिविरमा आवश्यक औषधी, प्रयोगशाला सेवा समेत निःशुल्क उपलब्ध गराइएको
थियो । संस्थाका अध्यक्ष तिलबहादुर थापाको सभापतित्व, बचत तथा सहकारी संघ
रुपन्देही अध्यक्ष भिम तुलाचनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका
सल्लाहकार खग प्रसाद पुन, सचिव जहानसिंह थापा लगायतले आ–आफ्ना धारणा
राख्नु भएको थियो ।
»

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस