|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

छोरा लुकाएर बुहारीको बिचल्ली बनाउने सासु नियन्त्रणमा

प्रेम सुनार गुल्मी । गत एक वर्ष देखि छोरालाई भारतमा लुकाएर राख्ने र यता गाउँमा बुहारीलाई विचल्लीमा पार्ने सासुलाई गुल्मी नेटा गाविसका महिलाहरुले नियन्त्रणमा लिएका छन् । नेटा गाविस वडा नम्वर ५ निवासी दिपक वि.क.लाई भारतमा राखी यता बुहारी कमला बि.क.लाई विचल्लीमा पार्ने सासु कान्छी बि.क.लाई शिव शंकर आमा समुह नेटा ६ का महिलाहरुले गाविस सचिव मेघराज पोखरेलको रोहवरमा नियन्त्रणमा लिई छोरा घर नबोलाए सम्म भारत जानबाट रोकेका हुन् । ‘उनि केहि दिन अघि भारतबाट घर आई बुहारीलाई बेवास्ता गर्दै भारत फर्किन लागेकी थिईन’ समुहकी अध्यक्ष रनमाया पुनले भनिन् –‘छोरालाई उतै भारतमा राख्ने यता बुहारीलाई विचल्लीमा पारे पछि उनलाई रोकेर राखेका छौं ।’ ‘विवाह गरेको चार वर्ष भयो गत एक वर्ष देखि दिपकले श्रीमति कमलालाई हेरविचार गर्न छाडेपछि उनको अवस्था कारुणीक रहेका छ’ पुनले थपिन–‘उनकी आमालाई भारत जान दिने हो भने उनका छोरा नआउने देखेर गाविस सचिव लगायतका भद्र भलादमी सहित आमा समुहले रोकेर छोरा नमगाए सम्म जान नदिने निर्णय गरेका हौं ।’ नेटा ६ स्थित कमलाका माईती गरिव छन् । दैनिक मजदुरी गरेर जिविका गरेकी १८ वर्षिया कमलाका श्रीमान दिपक सहित स–परिवार भारतमै नोकरी गरेर बस्ने र कमलालाई वेवास्ता गर्दै आएको अध्यक्ष पुनले बताईन् । »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस