|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

पाल्पा, असार ७ - बिरकोट ३ पोखरीछापमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बलबहादुर बारघरेको घर पुरिँदा श्रीमती र २ छोरीको ज्यान गएको हो । मृत्यु हुनेमा ४६ वर्षीया भविसरो, छोरी १३ वर्षीया नीरमाया र १० वर्षीया मनीषा रहेको प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीले बताए । मंगलबार राति घरमा सुतेको अवस्थामा माथिबाट खसेको पहिरोले पुरिएको हो । बलबहादुर भने सामान्य घाइते छन् । सदरमुकामदेखि ३५ किमि पूर्वको घटनामा बुधबार दिउँसोमात्र उद्धारकर्ता पुगेका थिए । जिल्लामा विद्युत् नहुँदा सञ्चार सम्पर्क विच्छेदले प्रहरीलेसमेत घटना निकै ढिला थाहा पाएका थिए। यसैबीच दोभान ७ तिनाउखोला किनारमा अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको छ । बुटवलनजिकै पर्ने विद्युत् हेडबक्स छेउमा भेटिएको र शवलाई प्रहरीले पोस्टमार्टमका लागि तानसेन ल्याएको छ । अविरल वर्षाले जिल्लाको तानसेन-आर्यभन्ज्याङ-रामपुर सडक बिरकोट, खालीवनलगायत ठाउँमा दर्जनभन्दा बढी पहिरो खसेको छ । यस्तै तानसेनदेखि रिडी र बुटवल जाने सडकका विभिन्न ठाउँमा पहिरो खसे पनि एकतर्फी यातायात चलिरहेको डिभिजन सडक प्रमुख कर्णबहादुर रानाभाटले बताए । »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस