जिल्लाको १५ खुल्ला दिशामुक्त गाबिस पुर्कोटदह
संगिता कुवंर गुल्मी असार ८ गुल्मीको पुर्कोट दह गाविसलाई जिल्लाकै १५ औ गाविसको रुपमा खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको छ । आज वाजागाजा सहित निकालिएको ¥याली संगै एक कार्यक्रमका बिच गविसलाई खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको हो । झाँकीले पुर्कोट दह बजार परिक्रमा गरेको थियो । कार्यक्रम जिल्ला बिकास समिती गुल्मीका चिरन्जीवी भट्टराईको प्रमुख आतिथ्यता, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सिनियर टेक्नीसियन माधव पाण्डे, रेडा पाल्पाका लेखा तथा प्रशाशकीय अधिकृत अर्जुन कार्की र समाजसेवी चक्र बहादुर कुँवरको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो । साथै सोहि कार्यक्रमकै अवसरमा गाविसमा रहेका बृद्धबृद्धालाई सम्मान समेत गरिएको थियो । कार्यक्रम गाविस सचिव तथा अध्यक्ष पुर्ण प्रसाद अर्यालको अध्यक्षता तथा ढाल बहादुर राउतको संचालनमा सम्पन्न भएको त्यहाँबाट पत्रकार शिवलाल सुवेदीले जानकारी दिनुभया । »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें