एकल महिलाको क्षमता अभिबृद्धिका लागि उद्घोषण तालिम
कपिल ज्ञवाली बुटवल,असार ७-एकल महिलाको क्षमता अभिबृद्धिका लागि बुटवलमा उद्घोषण तालिम शुरु भएको छ । तेस्रो अन्तराष्ट्रिय एकल महिला दिबसको अवसरमा मानव अधिकारका लागि महिला एकल महिला समूह रुपन्देहीले तालिमको आयोजना गरेको हो । शुक्रबारदेखि बुटवल नगरपालिकामा शुरु भएको तालिमको शनिबार समापन गरिने छ । मानव अधिकारका लागि महिला एकल महिला समूह रुपन्देहीकी अध्यक्ष राधिका श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटनका अबसरमा नगरपालिकाका निमित्त प्रमुख बिष्णु खनालले तालिमलाई ब्यबहारिक जिवनमा लागु गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नगर समन्वय समितिकी नगर उपाध्यक्ष रश्मी बस्याल,समूहकी उपाध्यक्ष गिता पन्थ,समूहकी सचिब रिता सेन,प्रशिक्षक गोपाल अधिकारी लगायतले बोल्दै क्षमता अभिबृद्धिका लागि तालिम फलदायि हुने बताएका थिए । तालिममा प्रशिक्षक गोपाल अधिकारीले सहजीकरण गर्नुहुनेछ ।तालिममा ३० जना एकल महिलाको सहभागिता छ । »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें