|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

गुल्मीको जनजिवन सामन्य बन्दै

प्रेम सुनार असार ६, गुल्मी । गत तिन दिनदेखिको अविरल वर्षा र विद्युत अवरुद्धले कष्टकर गुल्मेली जन जिवन हिजोदेखि भने सामन्य अवस्थामा आई पुगेको छ । बुधवार विहानसम्म फाटफुट वर्षा भए पनि दिउँसो घाम लाग्नुका साथै विद्युत समेत सुचारु हुँदा जन जिवन सामन्य अवस्थामा आई पुगेको हो । तिन दिन सम्मको लगतार वर्षाका कारण मानिसहरु पैदल यात्राबाट समेत एकदेखि अर्को स्थानमा पुग्न मुस्कीमा परेका थिए । अधिकांस ग्रामिण भेगका कच्ची सडकमा यातयात सविधा ठप्प बनेको थियो । वर्षासंगै जिल्लामा विद्युत आपुर्ति नहुँदा सदरमुकामका होटल, पसल, सञ्चारमाध्यम र कार्यालयहरुका नियमित कार्य समेत प्रभावित भएका थिए । लगातारको बर्षाले कच्ची सडकहरु पहिरो र भलले खोलेर मर्मत विना यातयातका साधन चल्न नसक्ने अवस्थामा पुगेका छन् । वर्षासंगैको हावाहुरीले मकै वालीमा समेत कृषकले क्षति ब्यहोरेका छन् । त्यस्तै भल, पहिरोले धान र कोदाको विउ समेत पुरेर कृषकहरु समस्यामा परेका छन् । तिन दिनको अविरल वर्षाका कारण जिल्लाका ९ घरधुरीमा पहिरोले जोखिम पु¥याएको छ । पहिरोले तम्घास ६ वुढिचौरका खगेन्द्र बिश्वकर्माको घर भत्काई दिएपछि बिश्वकर्मा परिवार तिन दिन देखि स्थानिय खगराज पाण्डेको घरमा आश्रय लिएका छन् । त्यस्तै वम्घा ९ का माया राना, मुक्तप्रसाद श्रेष्ठ, सकुन्तला श्रेष्ठ, बलेटक्सार २ का रामप्रसाद पौड्याल, शम्भु पौड्याल, भनभने १ का ताराबहादुर कुँवर र तम्घास ९ कुँडापानीका केशव भट्टराईको घर पहिरोले उच्च जोखिममा पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बर्षाले पुर्याएको क्षती र बिपत न्युनिकरणका लागि सरोकारवालाको चासो तिन दिनको अविरल वर्षाका कारण जिल्लामा के कति क्षति पुगेको र आगमी दिनमा प्रकृतिक विपत्त न्युनिकरण र उद्धारका सम्वन्धमा हिजै जिल्ला विकास समिति गुल्मीले सरोकारवालसंग छलफल कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा गत तिन दिनको क्षतिबारे जिल्ला दैविक प्रकोप उद्धार समितिका सदस्य एवं स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्तिले सरोकारवालासंग जानकारी लिँदै वर्षायाम भर बाढि पहिरोबाट हुन सक्ने मानविय तथा भौतिक क्षति न्युनिकरणका लागि अपनाउनु पर्ने सजगता र उद्धार कार्यका लागि सवै कार्यालय, संघसस्था, सेना-प्रहरीले उच्च सर्तकता अपनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बाढि पहिरोका कारण खाने पानी समस्याको समधान कसरी गर्ने, ग्रामिण तह सम्म औषधी, उपचार सेवा र जन जिविकासंग प्रत्यक्ष सरोकार राख्ने दैनिक उपभोग्य वस्तुको सहज आपुर्तिका सम्वन्धमा पनि स्थानिय विकास अधिकारीले चासो राखेका थिए । प्रकृतिक विपदबाट कतै केहि क्षति वा कुनै समस्या आई परे जिल्ला प्रशासन कार्यालयले चौविसै घण्टा जिल्लाबासीले सम्पर्क राख्न सक्ने गरी डेक्स खडा गरेको सहयाक प्रमुख जिल्ला अधिकारी घर्तिले बताए । उनले भने ‘शाखा अधिकृत यज्ञश्वर पन्थी डेक्स प्रमुख खटाईएको छ , विपदका हरेक सुचना र उद्धारका लागि उहाँको सम्पर्क नम्वर ९८५७०६१७५६ मा सम्पर्क राख्नु होला ।’ उनले आफ्नो समेत नम्वर उपलब्ध गराउँदै ९८४७५९६७०८ मा सम्पर्क राख्न सकिने बताए । जिल्लाको पुरै संयन्त्र वर्षायाम भर युद्ध स्तरको तैयारीमा रहनु पर्ने स्थानिय विकास अधिकारी ज्ञवालीको आग्राह थियो । कार्यक्रममा प्रकृतिक प्रकोपबाट क्षति ब्यहोरेका पिडित परिवारलाई राहत लिन सदरमुकाम धाउँदा रहात रकम भन्दा बढि खर्च हुर्ने भएकोले गाविस मै सम्वन्धीत निकायले पठाई दिने ब्यवस्था गरे राम्रो हुने कुरा उठाईएको थियो । विकट गाविसहरु खडगकोट , जयखानी, उता अग्लुङ्ग , पुर्कोट दह र नेटा दर्लिङ्ग लगायतका गाउँका जनता तम्घास आएर जि.वि.स.र प्रशासनबाट दुई हजार, पच्चीस सय राहत रकम बुझन् आउँदा तिन हजार, पैतिस सय रुपैयाँ खर्चिनु परेको विगतको तितो यथार्थलाई स्थानिय विकास अधिकारी र सहयाक प्रमुख जिल्ला अधिकारीको ध्यानाकृष्ट गराईएको थियो । प्रहरी मुचुल्का स्थानिय प्रहरी चौकीले नै खडा गरिदिने प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्लेले बताए । कार्यक्रमा राजनैतिक दल, सरकारी कार्यालय प्रमुखहरु, सामाजिक संघ सस्था, उद्योग वाणिज्य संघ लगायतको प्रतिनिधी मुलक सहभागिता थियो । »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस