प्रेम सुनार,गुल्मी,८ असार ।-तपाईको वस्ती डाँडामा छ र पानीको मुहान विहिन सुख्खा छ भने त्यसको विकल्प खोज्न गुल्मीको अर्खले १ चेक्मी गाउँमा पुग्नुहोस् र जल संकलनको त्यो नमुना अनुशरण गर्नुस् , वस तपाईको सुख्खा डाँडोमा पनि पानीको त्यो समस्या टर्ने छ । कुनै समय पशुलाई पानी खुवाउन पनि मुस्कील पर्ने अर्खले १ चेक्मी गाउँमाका वासीन्दा यति बेला ६ लाख लिटर पानी संकलन गर्ने ड्याम निर्माण गरेर घरयासी प्रयोजन मात्र नभई खेत बारीमा सिचाई गरेर ब्यबसायीक तरकारी खेती समेत सुरु गरेका छन् । एक समय सिमस्यार दवेको जमिन, गाई भैसी पसरे निस्क्न मुस्कील हुने खलाचौर यति बेला पानी संकलन गरेर सुन्दर ताल बनेको छ । तिन स प्रतिष्ठान काठमाण्डौको पहलमा नेपाल सरकारबाट ४ लाख ३५ हजार , स्थानिबासीबाट ३ लाख ८० हजार र १ लाख ६२ हजार जन श्रमदानबाट निर्मित खलाचौर ड्यामबाट माथी ६५ मिटर उचाईमा २६ हजार लिटरको एक टयाँङ्की र २५ मिटर उचाईमा अर्को ६३ हजार लिटरको टयाँङ्की निर्माण गरी हाललाई चेक्मी गाउँका २८ घरधुरीले ब्यबसायीक तरकारी खेती सुरु गरेका हुन् । भविस्यमा अर्खेल १ को पुरै १ सय ३८ घर धुरी, छिमेकी जिल्ला मरेङ्ग गाविस ९ र नयागाृउँ ८ र ९ सम्मका कृषकहरुलाई लाभान्वित गराउने लक्ष्य लिईएको त्यो ढापमा बाँध बाने पछि त्यति कै खेर गएको सिमस्यारको पानी र आकसे पानी संकलन हुँदा त्यहाँका कृषकहरुले हिउँदमा समेत सिचाई गर्न सक्ने भएका हुन् । समुन्द्री सतहदेखि १४ सय ४७ मिटर उचाईमा रहेको खालाचौर ड्याम अझ अग्लो बाँध बाँध्न सके त्यसको दोब्बर पानी संकलन हुने र त्यो गाउँ कृषि पर्यटन विकासका रुपमा अघि बढाउन सकिने त्यस योजना निर्माण गर्ने संस्था नव प्रभात युवा संघका धातानन्द भुषालले बताए । कार्यक्रममा निवर्तमान वडा अध्यक्ष रामप्रसाद मरासीनीले त्यस योजना सम्पन्न भएदेखि घरयासी प्रयोजन र खेत वारीमा सिंचाई सुविधाका लागि
पानीको अभाव टरेको बताए । ‘ यस पुर्व खलाचौरको ढाप गाई भैसी चराउँदा उनिहरुलाई खुवाउने पानी समेत नहुर्ने स्थान भएको बताउँदै उनले भने– ‘गर्न सके त्यस्तो ढाप यस्तो अथाह पानीको ताल पनि हुँदो रैछ’ । नव निर्र्मीत टयाँकीको तिन स प्रतिष्ठानका अध्यक्ष कृष्णबहादुर कुँवर, जिल्ला सिचाई कार्यालयका प्रमुख रमेश पौड्याल, जिल्ला कृषि विकास कार्यालयका वागवानी अधिकृत फटिक बहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सिचाई कार्यालय प्रमुख पौडयालले त्यो योजनालाई नुमुना योजनाका रुपमा लिएको बताउँदै कार्यालयबाट हुने सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए । वागवानी अधिकृत फटिक थापाले अखर्खले कृष उत्पादन र सो कार्यालयबाट वितरण गरिने योजना पहिलो प्राथमितामा परेको बताए । वेमौसमी टमाटरका लागि जिल्लामा कुल २ सयवटा टनेल निर्माण मध्ये अर्खलेमा आदा जसो पारिएको बताउँनुका साथै उनले सुन्तला खेती दश हेक्टरका लागि त्यस गाविसलाई ३ हजार विरुवा ५० प्रतिशत छुटमा दिन लागिएको जानकारी गराए । अर्खले १ परम्पररा देखि सुन्तलाको गाउँ । घर–घरमा सुन्तला खेती जसलाई ब्यवसायकिकरण गर्नका लागि सुन्तला जात फलफुल समुह पनि गठन गरिएको छ । ति समुहरुले आयोजना गरेको फलोद्यान लघु सिचाई योजना उद्घाटन कार्यक्रममा तिन स प्रतिण्ठानका अध्यक्ष कृष्णबहादुर कुँवरले सरकारी रकमको दोब्वर स्थानियबासीको लगानीले सुख्खा स्थानमा पानी संकलन यो देश मै एउटा नमुना योजना हो भनेर केन्द्रमा चर्चा गरिएको बताए । एक समय अर्खलेका डिठ्ठा भनेर परिचित भलादमी कुँवरका बाबु स्वर्गिय टेकबहादुरले त्यस स्थानमा सुरु गरी दिएको फलोद्यानलाई आफुले पुरा गरी दिन योजना आयोगमा धाएर रकम पारी दिएको उनको भनाई थियो । मोटरबाटामा डोजरको प्रयोगले कुँवा पधेराहरु नष्ट भए । ति नष्ट संरचनाको पुनर ताजगी स्वरुप अव यस्ता आकासे पानी जल संकलन योजनाहरु अगाडी बढानु पर्ने उनको धारणा थियो । नेपाल कृषि विकास बैकका पुर्व उप महाप्रबन्धक रहेका कुँवर हाल त्रि.वि. किर्तिपुरमा कृषि विषयका प्राध्यपक छन् । कृषि क्षेत्रका अन्तराष्ट्रिय पुरष्कारले समेत सम्माननित कुँवर यति बेला जन्मथलो गुल्मीमा आधुनिक कृषि उत्पादनमा नयाँ मोडल प्रयोग गर्न लागेको बताउँ छन् । स्थानियबासी समेत रहेका नेकपा एमालेका जिल्ला सदस्य रघुनाथ मरासीनीले साउन भदौमा फल्ने काक्र्रा यो योजना सुरु भएपछि वैसाख जेठ मै फल्न थालेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका खिलद्धवज पन्थीले अर्खले गाविस नमुना गाविस घोषणा भएको वर्षौ वित्दा पनि बोर्डमा मात्रै समित भएको तितो यर्थात ओकले । उनले भने– ‘हाम्रै कांग्रेस नेता चन्द्र के.सी जिल्ला सभापति हुँदा घोषण गर्नु भएको थियो जो अहिले सम्म बोर्डमा मात्र सिमित छ । ’ एकिकृत नेकपा माओबादीका बुद्धि जि.सीले हरेकले आफ्ना लागि आफै उत्पादन गर्नु पर्नेमा जोड दिए । उनले भने–‘अझै पनि गाउँमा भैसी पाल्नेले बरु ताजा मही खाना पाउँदैन तर जसले भैसी पाल्दैन उसैले ताजा मही मागेर खान्छ । तरकारी पनि त्यस्तै हो । जि.सीले थपे त्यसरी मागेर खानेलाई न दिउँ , बेचौ त्यसो गरियो भने त्यो मागेर खान पल्कीएको पनि आफै उत्पादन गर्न बाध्य हुन्छ ।’ । सुख्खा स्थानमा जल संकलनको त्यो नमुना अन्यत्र पनि अनुसरण गर्न सके पानीको समस्या दिर्घकालिन रुपमै समधान गर्न सकिने सरोकारवालाको धारणा थियो । योजना सम्पन्न भए पनि आदा जसो ऋण भएकोले उपभोक्ता समितिले जिल्ला स्तरिय दलका नेताहरुको ध्यानकृष्ट गराएका थिए । उपभोक्ता समुहकी अध्यक्ष राधिका मरासीनीको अध्यक्षतामा सपन्न कार्यक्रममा कोषाध्यक्ष झविराम मरासीनीको स्वागत मन्तब्य र सुन्तला फलफुल जात उपभोक्ता समुह अर्खले १ का अध्यक्ष कृष्ण मरासीनी ‘प्रयासी’को सञ्चालन रहेको थियो । »
(" READ MORE ..")

कालगेरी, असार ८ । तिनदिन यतादेखि निरन्तर परेको वर्षाका कारण क्यानाडाको जनजिवन प्रभावित भएको छ । क्यानाडाको दक्षिणी अल्बर्टा प्रान्तको कालगेरी, क्यानमोर, बनाफ लगायतका शहरहरुबाट करिब ७५ हजार नागरिक विस्थापित भएका छन् । हालसम्म बाढीका
कारण चारजनाको मृत्यु भइसकेको छ । तर क्यालगेरी शहरमा बसोबास गर्ने तीनहजार नेपाली भने सुरक्षित रहेका छन् ।
वाढीपिडीतहरुलाई सुरक्षित स्थानतर्फ लाने क्रम जारी छ । नदीमा पानीको सतह बढेपछि स्थानीय सरकार चिन्तितरहेको यहाँका संञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । शुक्रवारदेखि यहाँका विद्यालय तथा चर्चहरु बन्द गरिएका छन् । अधिकारीहरुले स्थानीयलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिइरहेका छन् । वाढीको प्रकोपसँग जुध्न यहाँ संकटकालीन अवस्थाको घोषणा गरिएको छ । अल्बर्टा कालगेरीका अधिकारीहरुले यो सन् २००५ पछिको खतरानक बाढी भएको जनाएका छन् । »
(" READ MORE ..")
संगिता कुवंर गुल्मी असार ८
गुल्मीको पुर्कोट दह गाविसलाई जिल्लाकै १५ औ गाविसको रुपमा खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको छ । आज वाजागाजा सहित निकालिएको ¥याली संगै एक कार्यक्रमका बिच गविसलाई खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको हो । झाँकीले पुर्कोट दह बजार परिक्रमा गरेको थियो । कार्यक्रम जिल्ला बिकास समिती गुल्मीका चिरन्जीवी भट्टराईको प्रमुख आतिथ्यता, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सिनियर टेक्नीसियन माधव पाण्डे, रेडा पाल्पाका लेखा तथा प्रशाशकीय अधिकृत अर्जुन कार्की र समाजसेवी चक्र बहादुर कुँवरको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो । साथै सोहि कार्यक्रमकै अवसरमा गाविसमा रहेका बृद्धबृद्धालाई सम्मान समेत गरिएको थियो । कार्यक्रम गाविस सचिव तथा अध्यक्ष पुर्ण प्रसाद अर्यालको अध्यक्षता तथा ढाल बहादुर राउतको संचालनमा सम्पन्न भएको त्यहाँबाट पत्रकार शिवलाल सुवेदीले जानकारी दिनुभया । »
(" READ MORE ..")
प्रेम सुनार
गुल्मी । गत एक वर्ष देखि छोरालाई भारतमा लुकाएर राख्ने र यता गाउँमा बुहारीलाई विचल्लीमा पार्ने सासुलाई गुल्मी नेटा गाविसका महिलाहरुले नियन्त्रणमा लिएका छन् । नेटा गाविस वडा नम्वर ५ निवासी दिपक वि.क.लाई भारतमा राखी यता बुहारी कमला बि.क.लाई विचल्लीमा पार्ने सासु कान्छी बि.क.लाई शिव शंकर आमा समुह नेटा ६ का महिलाहरुले गाविस सचिव मेघराज पोखरेलको रोहवरमा नियन्त्रणमा लिई छोरा घर नबोलाए सम्म भारत जानबाट रोकेका हुन् ।
‘उनि केहि दिन अघि भारतबाट घर आई बुहारीलाई बेवास्ता गर्दै भारत फर्किन लागेकी थिईन’ समुहकी अध्यक्ष रनमाया पुनले भनिन् –‘छोरालाई उतै भारतमा राख्ने यता बुहारीलाई विचल्लीमा पारे पछि उनलाई रोकेर राखेका छौं ।’ ‘विवाह गरेको चार वर्ष भयो गत एक वर्ष देखि दिपकले श्रीमति कमलालाई हेरविचार गर्न छाडेपछि उनको अवस्था कारुणीक रहेका छ’ पुनले थपिन–‘उनकी आमालाई भारत जान दिने हो भने उनका छोरा नआउने देखेर गाविस सचिव लगायतका भद्र भलादमी सहित आमा समुहले रोकेर छोरा नमगाए सम्म जान नदिने निर्णय गरेका हौं ।’
नेटा ६ स्थित कमलाका माईती गरिव छन् । दैनिक मजदुरी गरेर जिविका गरेकी १८ वर्षिया कमलाका श्रीमान दिपक सहित स–परिवार भारतमै नोकरी गरेर बस्ने र कमलालाई वेवास्ता गर्दै आएको अध्यक्ष पुनले बताईन् । »
(" READ MORE ..")
पाल्पा, असार ७ - बिरकोट ३ पोखरीछापमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बलबहादुर बारघरेको घर पुरिँदा श्रीमती र २ छोरीको ज्यान गएको हो । मृत्यु हुनेमा ४६ वर्षीया भविसरो, छोरी १३ वर्षीया नीरमाया र १० वर्षीया मनीषा रहेको प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीले बताए ।
मंगलबार राति घरमा सुतेको अवस्थामा माथिबाट खसेको पहिरोले पुरिएको हो । बलबहादुर भने सामान्य घाइते छन् । सदरमुकामदेखि ३५ किमि पूर्वको घटनामा बुधबार दिउँसोमात्र उद्धारकर्ता पुगेका थिए । जिल्लामा विद्युत् नहुँदा सञ्चार सम्पर्क विच्छेदले प्रहरीलेसमेत घटना निकै ढिला थाहा पाएका थिए।
यसैबीच दोभान ७ तिनाउखोला किनारमा अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको छ ।
बुटवलनजिकै पर्ने विद्युत् हेडबक्स छेउमा भेटिएको र शवलाई प्रहरीले पोस्टमार्टमका लागि तानसेन ल्याएको छ । अविरल वर्षाले जिल्लाको तानसेन-आर्यभन्ज्याङ-रामपुर सडक बिरकोट, खालीवनलगायत ठाउँमा दर्जनभन्दा बढी पहिरो खसेको छ । यस्तै तानसेनदेखि रिडी र बुटवल जाने सडकका विभिन्न ठाउँमा पहिरो खसे पनि एकतर्फी यातायात चलिरहेको डिभिजन सडक प्रमुख कर्णबहादुर रानाभाटले बताए । »
(" READ MORE ..")
प्रेम सुनार
असार ६, गुल्मी । गत तिन दिनदेखिको अविरल वर्षा र विद्युत अवरुद्धले कष्टकर गुल्मेली जन जिवन हिजोदेखि भने सामन्य अवस्थामा आई पुगेको छ । बुधवार विहानसम्म फाटफुट वर्षा भए पनि दिउँसो घाम लाग्नुका साथै विद्युत समेत सुचारु हुँदा जन जिवन सामन्य अवस्थामा आई पुगेको हो ।
तिन दिन सम्मको लगतार वर्षाका कारण मानिसहरु पैदल यात्राबाट समेत एकदेखि अर्को स्थानमा पुग्न मुस्कीमा परेका थिए । अधिकांस ग्रामिण भेगका कच्ची सडकमा यातयात सविधा ठप्प बनेको थियो । वर्षासंगै जिल्लामा विद्युत आपुर्ति नहुँदा सदरमुकामका होटल, पसल, सञ्चारमाध्यम र कार्यालयहरुका नियमित कार्य समेत प्रभावित भएका थिए । लगातारको बर्षाले कच्ची सडकहरु पहिरो र भलले खोलेर मर्मत विना यातयातका साधन चल्न नसक्ने अवस्थामा पुगेका छन् । वर्षासंगैको हावाहुरीले मकै वालीमा समेत कृषकले क्षति ब्यहोरेका छन् । त्यस्तै भल, पहिरोले धान र कोदाको विउ समेत पुरेर कृषकहरु समस्यामा परेका छन् ।
तिन दिनको अविरल वर्षाका कारण जिल्लाका ९ घरधुरीमा पहिरोले जोखिम पु¥याएको छ । पहिरोले तम्घास ६ वुढिचौरका खगेन्द्र बिश्वकर्माको घर भत्काई दिएपछि बिश्वकर्मा परिवार तिन दिन देखि स्थानिय खगराज पाण्डेको घरमा आश्रय लिएका छन् ।
त्यस्तै वम्घा ९ का माया राना, मुक्तप्रसाद श्रेष्ठ, सकुन्तला श्रेष्ठ, बलेटक्सार २ का रामप्रसाद पौड्याल, शम्भु पौड्याल, भनभने १ का ताराबहादुर कुँवर र तम्घास ९ कुँडापानीका केशव भट्टराईको घर पहिरोले उच्च जोखिममा पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बर्षाले पुर्याएको क्षती र बिपत न्युनिकरणका लागि सरोकारवालाको चासो
तिन दिनको अविरल वर्षाका कारण जिल्लामा के कति क्षति पुगेको र आगमी दिनमा प्रकृतिक विपत्त न्युनिकरण र उद्धारका सम्वन्धमा हिजै जिल्ला विकास समिति गुल्मीले सरोकारवालसंग छलफल कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा गत तिन दिनको क्षतिबारे जिल्ला दैविक प्रकोप उद्धार समितिका सदस्य एवं स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्तिले सरोकारवालासंग जानकारी लिँदै वर्षायाम भर बाढि पहिरोबाट हुन सक्ने मानविय तथा भौतिक क्षति न्युनिकरणका लागि अपनाउनु पर्ने सजगता र उद्धार कार्यका लागि सवै कार्यालय, संघसस्था, सेना-प्रहरीले उच्च सर्तकता अपनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बाढि पहिरोका कारण खाने पानी समस्याको समधान कसरी गर्ने, ग्रामिण तह सम्म औषधी, उपचार सेवा र जन जिविकासंग प्रत्यक्ष सरोकार राख्ने दैनिक उपभोग्य वस्तुको सहज आपुर्तिका सम्वन्धमा पनि स्थानिय विकास अधिकारीले चासो राखेका थिए ।
प्रकृतिक विपदबाट कतै केहि क्षति वा कुनै समस्या आई परे जिल्ला प्रशासन कार्यालयले चौविसै घण्टा जिल्लाबासीले सम्पर्क राख्न सक्ने गरी डेक्स खडा गरेको सहयाक प्रमुख जिल्ला अधिकारी घर्तिले बताए । उनले भने ‘शाखा अधिकृत यज्ञश्वर पन्थी डेक्स प्रमुख खटाईएको छ , विपदका हरेक सुचना र उद्धारका लागि उहाँको सम्पर्क नम्वर ९८५७०६१७५६ मा सम्पर्क राख्नु होला ।’ उनले आफ्नो समेत नम्वर उपलब्ध गराउँदै ९८४७५९६७०८ मा सम्पर्क राख्न सकिने बताए ।
जिल्लाको पुरै संयन्त्र वर्षायाम भर युद्ध स्तरको तैयारीमा रहनु पर्ने स्थानिय विकास अधिकारी ज्ञवालीको आग्राह थियो । कार्यक्रममा प्रकृतिक प्रकोपबाट क्षति ब्यहोरेका पिडित परिवारलाई राहत लिन सदरमुकाम धाउँदा रहात रकम भन्दा बढि खर्च हुर्ने भएकोले गाविस मै सम्वन्धीत निकायले पठाई दिने ब्यवस्था गरे राम्रो हुने कुरा उठाईएको थियो । विकट गाविसहरु खडगकोट , जयखानी, उता अग्लुङ्ग , पुर्कोट दह र नेटा दर्लिङ्ग लगायतका गाउँका जनता तम्घास आएर जि.वि.स.र प्रशासनबाट दुई हजार, पच्चीस सय राहत रकम बुझन् आउँदा तिन हजार, पैतिस सय रुपैयाँ खर्चिनु परेको विगतको तितो यथार्थलाई स्थानिय विकास अधिकारी र सहयाक प्रमुख जिल्ला अधिकारीको ध्यानाकृष्ट गराईएको थियो । प्रहरी मुचुल्का स्थानिय प्रहरी चौकीले नै खडा गरिदिने प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्लेले बताए । कार्यक्रमा राजनैतिक दल, सरकारी कार्यालय प्रमुखहरु, सामाजिक संघ सस्था, उद्योग वाणिज्य संघ लगायतको प्रतिनिधी मुलक सहभागिता थियो । »
(" READ MORE ..")
कपिल ज्ञवाली बुटवल,असार ७-एकल महिलाको क्षमता अभिबृद्धिका लागि बुटवलमा उद्घोषण तालिम शुरु भएको छ । तेस्रो अन्तराष्ट्रिय एकल महिला दिबसको अवसरमा मानव अधिकारका लागि महिला एकल महिला समूह रुपन्देहीले तालिमको आयोजना गरेको हो । शुक्रबारदेखि बुटवल नगरपालिकामा शुरु भएको तालिमको शनिबार समापन गरिने छ । मानव अधिकारका लागि महिला एकल महिला समूह रुपन्देहीकी अध्यक्ष राधिका श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटनका अबसरमा नगरपालिकाका निमित्त प्रमुख बिष्णु खनालले तालिमलाई ब्यबहारिक जिवनमा लागु गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नगर समन्वय समितिकी नगर उपाध्यक्ष रश्मी बस्याल,समूहकी उपाध्यक्ष गिता पन्थ,समूहकी सचिब रिता सेन,प्रशिक्षक गोपाल अधिकारी लगायतले बोल्दै क्षमता अभिबृद्धिका लागि तालिम फलदायि हुने बताएका थिए । तालिममा प्रशिक्षक गोपाल अधिकारीले सहजीकरण गर्नुहुनेछ ।तालिममा ३० जना एकल महिलाको सहभागिता छ । »
(" READ MORE ..")
लण्डन, असार ७ । भारत र इंग्ल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । गएराति इंग्ल्याण्डको कार्डिफमा भएको सेमिफाइनल भिडन्तमा भारतले श्रीलंकालाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा
रन बनायो । श्रीलंकाका एन्जेलो म्याथ्युजले सर्वाधिक ५१ रन बनाए भने भारतका इशान्त शर्मा र रविचन्द्रन आश्विनले ३–३ विकेट लिए ।
जवाफमा १ सय ८२ रनको सहज लक्ष्य भारतले ३५ ओभरमा २ विकेट गुमाएर हात पा¥यो । विजेता टोलीका शिखर धवनले ६८ तथा विराट कोहलीले अविजित ५८ रन बनाए ।
अब भारत र इंग्ल्याण्डले आइतबार बर्मिङह्याममा फाइनल खेल खेल्ने छन् । »
(" READ MORE ..")
काठमाडौं-काठमाडौं एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टीले दुइतिहाइ बहुमत ल्याउने दावी गरिरहेको समयमा माओवादीका कट्टर आलोचन चित्रबहादुर केसीले त्यस्तो हावादारी सफना नदेख्न सुझाएका छन । बुधवार एक कार्यक्रममा राष्ष्टिय जनमोर्चाका अध्यक्ष केसीले दुइतिहाइ ल्याउने प्रचण्डको कुरा ‘खुट्टी देखेर पत्याइयो’ भनेर टिप्पणी गरेका हुन । विगतको निर्वाचनमा प्रतक्षतर्फ झण्डै बहुमत ल्याएकोले आगामी निर्वाचनमा दुइतिहाइ ल्याउने प्रचण्ड दावीलाइ केसीले हावादारी गफको संज्ञा दिए ।‘मेरा बाउले ध्यु खाएका थिए, अहिले मेरो हात सुघ’ भनेजस्तै हो, प्रचण्डले दुइतिहाइ ल्याउने कुरा, केसीले भने । आफ्नो पार्टीको अस्थित्व समाप्त भएपनि आफूले संघीयताको विरोध गर्न नछाडने बताए ।संघीयता त असफल सिद्ध भइसक्यो, उनले भने संघीयताको बिरुद्धमा ‘साइलेण्ट मेजोरीटि’ भइसक्र्यो । केसीले मंसीरमा निर्वाचन हुनेमा आफूलाइ धेरै विश्वास नभएको बताए »
(" READ MORE ..")
कपिल ज्ञवाली बुटवल, ६ असार ।-विश्व संगीत दिवसको अवसरमा भोलि शुक्रबार बुटवलमा गर्न लागेको विशेष सांगीतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजक बागेश्वरी संगीतालय बुटवलले जनाएको छ । विश्व जगतमा एकताको धुन नारासहित जुन २१ मा भोलि विश्वभर संगीत दिवस मनाउने गरिन्छ । बागेश्वरीले बुटवलको कान्ति सभा गृह हलमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा चर्चित गायक कमल खत्री, अर्जुन कौशल, पुश्कल शर्मा, जमुना सनम, ,सरिता पन्थी लगायत एक दर्जन बढी कलाकारको गायन र नृत्यको प्रस्तुति रहने संगीतालयका प्रिन्सिपल सुरेश सेन्चुरीले बताए । कार्यक्रममा प्रदर्शनी आइडल एन्जिला रेग्मी, धनबहादुर गुरुङ,आकांक्षा भण्डारी, प्रेम नेपाली, रिता पुन, चिरन्जीवी भण्डारी लगायतका कलाकारको पनि प्रस्तुति रहने आयोजकले जनाएका छन् । बागेश्वरीले बुटवलमा २०६५ सालदेखि विश्व संगीत दिवस मनाउदै आएको छ । »
(" READ MORE ..")
कपिल ज्ञवाली बुटवल,असार ६-संविधान सभा निर्वाचन का लागि पार्टी परिचालन अभियान २०७० अन्र्तगत नेपाल ट्रड युनियन जिफन्ट ले श्रमिकहरुको भेला भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले क्षेत्र नं ४ का प्रतिनिधि परिषद सदस्य कमल गौतमले एमालेलाई पहिलो पार्टी बनाउन सबै श्रमिक एकजुट हुनुपर्ने मा जोड दिए । अभियान कपिलवस्तु क्षेत्र नं १ का संयोजक गोमा आचार्य , अञ्चल कमिटि सदस्य हरि कार्की , मजदुर इन्चार्ज चिनबहादुर गुरुङ लगायत ले बोलनुभएको थियो । भेलाले औद्योगिक क्षेत्र संयोजक मा पदम रिजाल , सुनचाँदी तथा बजार क्षेत्र संयोजकमा रेवन्त वि.क , स्वास्थ्य क्षेत्र संयोजक मा सारदा पौडेल , यातायात क्षेत्र संयोजकमा श्रीधर श्रेष्ठ लगायत का उपसमितिहरु गठन गरेको छ । आषाढ १५ गते मजदुरहरु को भेला हुने बताइएको छ । जिफन्टका अञ्चल उपाध्यक्ष टोलराज पौडेलको अध्यक्षता पदम रिजालको संचालनमा सम्पन्न भएको थियो । »
(" READ MORE ..")
परासी, आश्विन १५ - विद्यार्थी संख्या बढि देखाई रकम हिनामिना गर्ने यहाँका एक प्रधानाध्यापकलाई शिक्षा कार्यालयले कार्वाही गरेको छ । जिल्लाको देवबडाचुली माबि डाँडाझेरीका प्रधानध्यापक विष्णु बास्ताकोटीलाई पहिलो पटक शिक्षा कार्यालयले कारबाही गरेको हो ।बिद्यार्थी संख्या ढाँटेर तथ्याँक फारममा दोब्बर बिधार्थी देखाएर चार लाख ५३ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै जिल्ला शिक्षा कार्यालय नवलपरासीले छानबिन गरि प्रतिबेदन सार्बजनिक गरेको र सो रकम कार्यालयले कारबाही गरी असुल उपर गर्ने शाखा अधिकृत टिकाराम शर्माले बताए ।
बिद्यार्थी तथ्यांक फारममा दोब्बर बिद्यार्थी देखाएर प्रअ बस्ताकोटीले सो रकम भ्रष्टाचार गरेको शिक्षा कार्यालयले प्रमाणित गरे पछि निजलाई प्रअबाट बर्खास्त गरि थप कारबाही हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
प्रअले भ्रष्टाचार गरेको पत्ता लगाए पछि जिल्लामा थप बिद्यालय पनि छानबिनको घेरामा तानिएका छन् भने बिद्यार्थी धैरै देखाएर रकम कुम्ल्याउने माथि कडा कारबाही गरिने कार्यालयले जनाएको छ । शिक्षा अधिकारी गोपालकृण्ण पौडेलले भ्रष्टाचार गर्ने प्रधानध्यापक बस्ताकोटीलाई राजीनामा दिई सहज बाताबरण तयार गर्न आग्रह गरिएको र निजलाई नियमानुसार कारबाही गरिने बताए ।
विद्यालयका प्रधानध्यापक बस्ताकोटीले दुई सय बिधार्थीको बास्तबिक तथ्याकं बंग्याएर ४ सय ६३ बिधार्थीको किर्ते फारम भरेर बुझाई रकम भ्रष्टाचार गरेको प्रतिवेदनले देखाएको छ । केही दिन अगाडी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होमराज रानाभाट र प्रअ वास्ताकोटीको मिलोमतोमा अनियमितता भईरहेको विरोधमा स्थानीय अभिभावकहरुले शिक्षा कार्यालयमा जानकारी गराएका थिए । अध्यक्षको विरुद्ध विरोध र्याली समेत गरेका थिए । जिल्लामा यो बर्ष शिक्षा कार्यालयले ८० करोड बिनियोजन गरेको छ ।
जिल्लमा ३६ हजार भन्दा बढि बिद्यार्थी नक्कली रहेको अनुमान गरिएको छ । यसरी नक्कली विद्यार्थी देखाएर राज्यलाई करोडौ ठगिरहेको पाईएको छ »
(" READ MORE ..")
रौतहट, आश्विन १५ - पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आर्थिक विकासका सवालमा शान्ति र संविधानको महत्वपूर्ण योगदान हुने भएकाले सबैले आफ्नो ठाउँबाट इमान्दारिताका साथ लाग्नुपर्ने धारणा व्यक्त गरेका छन् । एमाले गाउँ इकाइ कमिटी डुमरिया मटिऔनद्वारा आइतबार विहान आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै एमालेका बरिष्ठ नेता नेपालले शान्ति र संविधानका लागि सबै एकजुट भएर अघि बढेमात्र सफल हुने पनि बताए ।
नेता नेपाल कनकपुर गाविसमा विजयादशमी तथा छठपर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागी हुँदै ४५ दिन भित्रमा शान्तिप्रक्रिया समाधान गर्छु भन्ने प्रधानमन्त्री बावुराम भट्टराईको अभिव्यक्ति पूर्णतया हावादारी भएको भएको प्रतिकृया दिए ।
पार्टीका कार्यकर्ताहरुलाई शुभकामना दिँदै एमाले नेता नेपालले जनताको काम गर्न र जिल्लामा भए गरेका भ्रष्टाचारका विषयलाई लिएर चनाखो हुन पनि आग्रह गरे ।
यसैगरी नेता नेपालले लक्ष्मिपुर गाविसको वडा नं ५ मा रहेको भईंयावावा मन्दिरको उद्घाटन गरेका थिए ।
उनले दलित उपेक्षित जातिको रुपमा रहेको मुसहर समुदायको सकृयतामा निर्माण गरिएको मन्दिरको उद्घाटन पनि गरे । »
(" READ MORE ..")
कपिल ज्ञवाली बुटवल १३ बैसाख
रुपन्देही उद्योग संघको एक टोलीले उद्योगीहरुको समस्याबारे जानकारी गराउन र यस क्षेत्रमा मुटु अस्पताल निर्माणका लागि उचित जग्गाको व्यवस्था मिलाउन मन्त्री, राष्ट्रिय योजना आयोगका का.वा. उपाध्यक्ष सचिव एवं विभिन्न कार्यालयका प्रमुखसग भेटघाट गरेको छ । संघका अध्यक्ष एजाज आलमको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री तथा उपप्रधानमन्त्री भरतमोहन अधिकारी, रक्षामन्त्री बिष्णु पौडेल, राष्ट्रिय योजना आयोगका का.वा उपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटा, राजस्व सचिव कृष्णहरि बास्कोटा, लगायतसग भेट गरी उद्योग संचालनमा देखिएका समस्याहरुमा छलफल गरेको थियो भने यस क्षेत्रमा मुटु अस्पतालको टड्कारो आवश्यकता रहेको हुँदा अस्पताल निर्माणका लागि उचित जग्गाको व्यवस्था मिलाउन आग्रह गरेको थियो । टोलीमा संघका महासचिव दिनेशराज रेग्मी, सचिव गणेशप्रसाद अधिकारी, का.स. सदस्य रामप्रसाद बस्याल लगायतको उपस्थिति रहेको थियो ।
कपिल ज्ञवाली बुटवल १३ बैसाख
बुटवल नगरपालीकाले ३ दिने नेतृत्व बिकास तथा व्यवस्थापन तालीम सूरु गरेको छ । टोल बिकासको लागि कुशल नेतृत्व बिकास गरौ भन्ने नाराका साथ तालिमको आयोजना गरिएको नगरपालीकाले जनाएको छ । तालिममा टोल बिकास संस्थाका पदाधिकारीहरुको काम कतव्र्य र अधिकारका बारेमा छलफल गरिने बताईएकोे छ । नगरपालिकाका १५ वटै वडामा रहेका विभिन्न टोल विकास समितीका पदाधिकारीहरु सहभागि रहेको तालिममा ४० जनाको सहभागिता रहेको छ । कार्यक्रममा सहभागि टोलबासिहरुले टोल व्यवस्थापनमा कुनै संस्थाको मुख ताकेर नभइ त्यसमा आफै लाग्नु पर्ने कुरामा जोड दिएका थिए । तिन दिन सम्म संचालन हुने उक्त तालिममा नगरपालिकाका शाखा अधिकृत दामोदर ज्ञवाली, डोलराज पौडेल, समुदाय परिचालक राधिका श्रेष्ठ, भरत काउछा, बद्रि पौडेल, महेन्द्र थापा लगायतले सहजीकरण गर्नुहुने बताईएको छ । नगरपालिकाले नगरवाशिहरुमा क्षमता अभिवृद्धि गरि नगरपालिकाका हरेक कार्यमा अग्रसर गराउने उद्देश्यले विभिन्न समयमा यस प्रकारका तालिम प्रदान गर्दै आएका छन् ।
कपिल ज्ञवाली,बुटवल १३ बैसाख
लुम्बिनी नर्सिङ कलेज बुटवल ११ को आयोजनामा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । कलेजले बुटवल १३ को बुद्धनगर क्षेत्रका ४ सय सर्वसाधारणको स्वास्थ्य परिक्षण गरि औषधि बितरण गरेको हो । सो अवसरमा कलेजका बिद्यार्थी साथै डाक्टरहरु प्रायश्चित श्रेष्ठ, जीवन आत्रेय, केशव शर्मा, भगवान श्रेष्ठ, सगुन बज्राचार्य, लगायतले सहजीकरण गरेका थिए । कार्यक्रमको ब्यबस्थापन कलेजका कार्यकारी निर्देशक भिम तुलाचन, प्राचार्य कृष्णलाल श्रेष्ठ, पार्बती बोगडी लगायतले गर्नुभएको कलेजले जनाएको छ । यसैविच सि टी ई भि टी द्धारा २०६७ सालमा लिईएको पि सि एल नर्सिङ स्टाफ नर्सको वार्षिक परिक्षामा लुम्बिनी नर्सिङ कलेजबाट सत प्रतिशत विद्यार्थी उत्रिण भएको कलेजले जनाएको छ । कलेजका अध्यक्ष भिम तुलाचनले आउदो शैक्षिक सत्रदेखि स्नातक स्तरको वि एम एल टी विषयको अध्ययन गराउने तयारी भएको जानकारी दिनुभयो ।
कपिल ज्ञवाली .बुटवल १३ बैसाख
सीमा क्षेत्रका सुरक्षा निकायहरुबीच आपसी समझदारी, शान्ति सुरक्षा र सद्भाव कायम गर्न हिजो कपिलवस्तुको चन्द्रौटामा नेपाल भारत सीमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ । नेपाल भारतको सीमा क्षेत्रमा भइरहेका विभिन्न अपराधिक क्रियाकलापलाई न्यूनीकरणमा ऐक्यबद्धताका साथ अगाडि बढ्न र दुई देशका सीमा क्षेत्रका सुरक्षा निकायबीच प्रगाढ सम्बन्ध कायम गर्न कार्यक्रमको आयोजना गरिएको हो । सीमा क्षेत्रमा विभिन्न नामबाट हुने अपराध, लागू औषध ओसारपसार, चेलीबेटी बेचविखन, बम विष्फोट, वन तस्करी लगायतका असामाजिक र अनैतिक कार्यहरुमा दुवै पक्षको आपसी समझदारी र सहयोगका साथ सूचनाको आदानप्रदान गर्ने सहमति भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी लक्ष्मण कुमार थापाले जानकारी दिनुभयो । कार्यक्रममा भारत तथा नेपालका कपिलवस्तु र दाङ जिल्लाका सुरक्षा अधिकारी, वन कार्यालय प्रमुख, सुरक्षा निकायका अन्य पदाधिकारी, कपिलवस्तु तथा भारतका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
जिल्लाका विभिन्न स्थानको फोहर व्यवस्थापनका लागि जिल्ला विकास समिति कपिलवस्तुले ५ लाख ५० हजार रुपैंयाभन्दा बढि पर्ने कन्टेनर उपलब्ध गराएको छ । जिविसले पर्यटन वर्ष २०११ का अवसरमा जिल्लालाई स्वच्छ र हराभरा बनाउन कन्टेनर उपलब्ध गराएको हो । जिविसले कपिलस्तु नगरपालिका र ४ गाविसमा गरी ८० वटा कन्टेनर उपलब्ध गराएको जनाएको छ । नगरपालिकामा ३०, कृष्णनगर गाविसमा २०, वाणगङ्गा, जयनगर र वीरपूर गाविसमा १०÷१० वटा कन्टेनर प्रदान गरिएको जिविस स्थानीय विकास कोषका प्रमुख निरञ्जन पौडेलले बताउनुभयो । अन्य गाविसहरुमा पनि यो कार्यक्रम सन्चालन गरिने जिविसले जनाएको छ ।
कपिल ज्ञवाली.बुटवल १३ बैसाख
रिड नेपाल र लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय श्रोत केन्द्र दुधराक्ष ५ बांसगढिका विच पुस्तकालय भवन निर्माणको लागि सम्झौता भएको छ । सम्झौता पत्रमा पुस्तकालय निर्माणको लागि लाग्ने कुल रकम ६२ लाख ११ हजार ६ सय ७१ मध्ये १५ प्रतिशत केन्द्रको र बांकी ८५ प्रतिशत रिड नेपालले सहयोग गर्ने उल्लेख गरिएको छ । रिड नेपाल कन्ट्री डाईरेक्टर सम्झना श्रेष्ठको प्रमुख आतिथ्यता एवं श्रोत केन्द्रका युवराज काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुधराक्ष गाविस सचिव मिन बहादुर घिमिरे, इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरिक्षक डिल्ली नारायण पाण्डे, शिवराम नेपाल, धर्मराज आत्रेय, माया ज्ञवाली, कुमार अर्याल, रिम बहादुर श्रेष्ठ लगायतले पुस्तकालय निर्माणको लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । सोहि अवसरमा ६० जना भन्दा बढि व्यक्ति श्रोत केन्द्रका आजिवन सदस्य बनेको बताईएको छ ।रुपन्देहीको सिद्धार्थनगर नगरपालीका वडा नं ९ गुनहीयामा मसान घाटको सिलान्यास गरीएको छ । घाटको एक कार्यक्रमका बिच ओम प्रकास यादव गुल्जारीले सिलान्यास गर्नु भएको हो । घाट ब्यवस्थापन समितीका अध्यक्ष तथा समाजसेवी अर्जुन कुर्मीको अध्यक्षतामा सम्पन्न कार्य्रक्रममा एकिकृत माओबादीका पुर्ण प्रसाद भण्डारी, नेपाली कंग्रेसका थानेश्वर अधिकारी, एमालेका शेष कान्त भण्डारी समितीका कोषाध्यक्ष राम मिलन यादव, चर्तुभुज रेग्मी लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो । निर्माण सुरु गरीएको घाटका लागी चन्दा संकलन गरी निमार्ण सम्पन्न गरीने जनाईएको छ ।
भगवान गौत्तम बुद्धको अष्टधातु रहेको स्थल नवलपरासीको रामग्राम स्तुपमा पहिलो पटक फोटो प्रर्दशनी गरिने भएको छ । पर्यटन बर्ष २०११ सफल पार्ने उद्देश्यले रामग्राम स्तुपमा आठ बर्ष अघि उत्खननको क्रममा फेला परेका पौराणिक ऐतिहासीक महत्व भएका बिभिन्न बस्तु तथा सामानहरुको फोटो प्रर्दशनी गरिने भएको हो । बुद्ध जयन्तीको अवसर पारी आगामी जेठ ३ गतेदेखी ५ गतेसम्म संचालन हुने फोटो प्रर्दशनीमा रामग्राम स्तुपमा उत्खननको क्रममा फेला परेका ऐतिहासीक पौराणीक बस्तुहरुको फोटो समाबेश गरिने छ ।
२५ सय ५५ औ बुद्ध जयन्तीको अवसर पारेर रामग्राम स्तुपमा पहिलो पटक गर्न लागीएको फोटो प्रर्दशनीको रामग्राम पर्यटन प्रबद्र्धन समिती नवलपरासीले आयोजना गरेको हो । सन् २०११ लाई सरकारले पर्यटन बर्ष घोषणा गरेपछि यस क्षेत्रमा पर्यटन प्रर्बद्धन साथै प्रचार प्रसारका लागी रामग्राम स्तुपमा फोटो प्रर्दशनी गर्न लागीएको समितीका अध्यक्ष श्रीधर बस्यालले बताउनुभयो । फोटो प्रदर्शनीको लागि नेपाल प्राचीन बौद्ध मुर्ती संरक्षण समिती रामग्राम, जिल्ला बिकास समिती नवलपरासी, रामग्राम नगरपालीका सहित बिभिन्न संघ संस्थाहरुले सहयोग पु¥याएका छन ।
कपिल ज्ञवाली बुटवल १३ बैसाख
युवा संघ नेपाल रुपन्देहीद्वारा बुटवलमा सञ्चालित प्रचण्ड थैव स्मृती टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि न्यू फ्रेन्च क्लव कोलुही भारतले जितेको छ । आज भएको फाईनल खेलमा बुटवलको प्रचण्ड थैव–११ लाई ६ विकेटले हराउँदै न्यू फ्रेन्चले उपाधि रक्षा गरेको हो । जितसंगै न्यू फ्रेन्चले ५० हजार नगदका साथमा कप हात पारेको छ भने उपविजेता प्रचण्ड थैव–११ ले २५ हजारमा चित्त बुझाएको छ । फाईनल खेलमा टस जितेर ब्याटिङ रोजेको प्रचण्ड थैव–११ ले विपक्षीसामु २० ओभरमा ८ विकेट क्षतिमा प्रस्तुत गरेको ८४ रनको चुनौतीलाई न्यू फ्रेन्चले १० ओभरमा ४ विकेट गुमाउदै पूरा ग¥यो । उपाधि रक्षा गर्ने क्रममा न्यू फ्रेन्चमा नरुदिन खानले सर्वाधिक ३१ रन बनाए भने गुल्जार खान १७ तथा सहजात खानले १२ रन जोडे । त्यसअघि प्रचण्ड थैव–११ का यमु थापा र दिपेश थापा क्षेत्रीले समान १६ रन बनाए भने दिपु लिगल १३ र जोनन थापा १० रनमा आउट भए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । उपविजेता टिमलाई सस्तैमा समेट्ने क्रममा न्यू फ्रेन्चका मेन अफ द म्याच गुल्जार खान र जुगेश बर्माले २–२ विकेट हात पारे । प्रतियोगिता अवधिभर ८ विकेट हात पारेका कृष्ण थापा बेस्ट बलर घोषित भए भने न्यू फ्रेन्चका नरुदिन खान उत्कृष्ट ब्याट्सम्यान तथा न्यू फ्रेन्चकै गुल्जार खान मेन अफ द सिरिज घोषित भै पुरस्कृत भए । प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार पुरुषोत्तम पौडेल र स्वर्गीय प्रचण्ड थैवकी माता सुकन्या थैवले पुरस्कार प्रदान गर्नुभएको थियो । युवा संघका जिल्ला अध्यक्ष कुलेन्द्र पुनको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै नेपाल खेलकुद महासंघका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार पौडेलले सरकारले आगामी वर्षको बजेटमा खेलकुद क्षेत्रलाई प्राथमिकता दिने बताउनुभयो । »
(" READ MORE ..")
कपिल ज्ञवाली .बुटवल, बैसाख १३
नेपाली कांगे्रसले आगामी २३ गते बुटवलमा गर्न लागेको बिशाल आम सभालाई सफल बनाउनका लागि नगर समितिले नगरभित्रका बिभिन्न वार्डहरुमा भेला तथा घरदैलो संगै प्रचारात्मक अभियान लाई तिब्र बनाएको छ । शान्ति र संबिधानका लागि देश व्यापी रुपमा थालिएको अभियानलाई सफल बनाउन नेपाली कांग्रेस बुटवल नगर समितिले नगर भित्रका बिभिन्न वार्डहरुमा भेला समेत सम्पन्न गरेको छ । भेला तथा घर दैलोका क्रममा आज बुटवलका वार्ड नं. २, ३ र ४ को संयुक्त रुपमा भेला गरेको छ । वार्ड नं. ३ का सभापति रबिन्द्र गोपाल लाकौलको अध्यक्षतामा भएको भेलामा सहभागिहरुले माओवादीले आफ्ना लडाकुको व्यबस्थापनलाई लम्व्याएर संबिधान निर्माणमा बाधा पु¥याएकाले माओवादी लडाकुको टुङ्गो नलाग्दा सम्म शान्तिको अनुभूति गर्न नसकिने भएकाले माओवादी लडाकुको व्यबस्थापन पछि मात्र संबिधान निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । २३ गते बुटवलको सिद्देश्वरी माबिमा हुने बिशाल आम सभालाई सम्बोधनका लागि नेपाली कांगे्रसका सभापति शुशिल कोइराला,बरिष्ठ नेता शेर बहादुर देउवा,उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेल लगायत केन्द्रिय सदस्यहरु तथा जिल्लास्तरका नेताहरुको उपस्थिती रहने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसले शान्ति चाहने सबैलाई आमसभामा उपस्थित हुन पनि आव्हान गरेको छ । भेलामा वार्ड नं. ४ का सभापति ताराबहादुर कुवर, क्षत्र नं. ४ का सभापति हरिबहादुर आचार्य क्षेत्री, बुटवल नगर सभापति खेलराज पाण्डे, जिल्ला सदस्य रामबहादुर कार्की, सचिव प्रजापाल गिरी लगायतले २३ गतेको आम सभा सम्पन्न गर्नका लागि सवै क्षेत्र तथा तह र तप्काबाट सहयोग गर्नुपर्ने बताएका थिए । त्यस्तै सोमबार वार्ड नं. १ मा पनि भेला सम्पन्न भएको छ । वार्ड सभापति पशुपतिनाथ गौतमको सभापतित्वमा भएको कार्यक्रममा नगर सभापति पाण्डे जिल्ला सदस्य रिजन श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि सुरेश गौतम, रुपकेशरी वज्राचार्य, बिष्णुदेवी श्रेष्ठ लगायले शान्ति र संबिधान नभएसम्म मुलुकको बिकास हुन नसक्ने भएकाले मुलकमा शान्ति र संबिधानका लागि आफूहरु जस्तो कुर्वानी पनि गर्न सक्ने बताएका थिए । भेलाले आम सभा सफलपार्न घरदैलो गर्ने र २३ गते बुटवलको मिडीयाचोकबाट निस्कने ¥याली तथा आम सभामा उल्लेख्य सहभागिता जनाउने निर्णय गरेको छ ।
»
(" READ MORE ..")
शिबलाल सुबेदी÷सामुदायिक रेडियो स्काई गुल्मी
आज दिउसो गुल्मीको सदरमुकाम तम्घास तथा आसपासका क्षेत्रमा पानी सगै ठुलो असिना परेको छ । पानी सगै परेको असिनाले गुल्मी जिल्लाको सदरमुकाम तम्घास तथा आसपासका क्षेत्रको जनजिवन प्रभावित बनाएको छ । दिउसो परेको असिनाले गर्दा सदरमुकाम तम्घासबाट ग्रामिण क्षेत्रमा छुटने सवारीका कुनै पनि साधनहरु समेत छुटन सकेनन भने सदरमुकाम तम्घासमा हिडडुल गर्न पनि समस्या परेको थियो । दिउसो ३ बजे पछि परेको असिना साझँसम्म पनि पग्लेको छैन । पानी सगै परेको ठुलो असिनाले यस क्षेत्रका फलफुल ,बालीनालीमा ठुलो क्षती पु¥याएको छ । साथै असिनाले गर्दा तम्घास तथा आसपासका क्षेत्रमा निकै चिसो बढेको छ । असिना परे्काले यहाँका स्थानीयवासीहरु हिउ पर्न सक्ने बताएका छन ।
»
(" READ MORE ..")
कपिल ज्ञवाली ,बुटवल, १२ बैशाख
नेपाली कांग्रेसले तय गरेको शान्ति र संबिधानका लागि दवाव कार्यक्रम सफल बनाउनका लागि बुटवल नगर समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने बताएको छ । आगामी २३ गते बुटवलमा हुने कार्यक्रम सम्पन्न गर्नका लागि नेपाली कांग्रेस बुटवल नगर समितिले नगरका २ सय ६८ टोल समिति, २२ मतदान केन्द्र तथा १५ वटै वार्ड समितिहरुमा प्रचारात्मक कार्यक्रम गर्ने र नेपाली कांग्रेसका बिभिन्न तह र तप्काका प्रतिनिधिहरुलाई परिचालन गर्ने कांग्रेस बुटवल नगर समितिको आज बुटवलमा भएको बैठकले निर्णय गरेको छ । प्रचारात्मक कार्यक्रमका लागि यहि १२ देखि १७ गतेसम्म बुटवल नगरका बिभिन्न वार्डहरुमा भेला तय गरेको छ । त्यसैगरी १७ गते नै नगर भेलाको समेत आयोजना गरेको छ भने २१ र २२ गते बुटवल नगरमा घरदैलो गर्ने बैठकले निर्णय गरेको नगर सभापति पाण्डेले बताउनु भयो । २३ गते बुटवलको सिद्देश्वरी माविमा हुने कार्यक्रममा नेपाली कांग्रेसका सभापति शुशिल कोईराला, बरिष्ठ नेता सेरबहादुर देउवा, संसदीय दलका नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा नेपाली कांग्रेसले बुटवलमा बिभिन्न झाकी सहितको ¥यालीले नगर परिक्रमा गर्ने छ ।
(((((((((((((((((((((((( »
(" READ MORE ..")
कपिल ज्ञवाली ,बुटवल, १२ बैशाख
नेपालका २० जिल्ला औंलो रोगबाट अति प्रभावित रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । नेपालका ७५ जिल्ला मध्ये ६५ जिल्ला औलोबाट प्रभावित भएको र ती मध्ये २० जिल्ला अति प्रभावित रहेका छन् । नवलपरासी, रुपन्देही, कपिलवस्तु, चितवन, झापा, इलाम, उदयपुर, धनुषा, महोत्तरी, काभ्रे, बांके, बर्दिया, धनगढी, कैलाली, कञ्चनपुर लगायत २० जिल्ला औलोबाट अति प्रभावित रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख डा. आर एस दीपले जानकारी दिनुभयो ।“औंलो रोग हटाउन बर्षभरी दिन गन्ती शुरु गरौं” भन्ने मुल नाराका साथ जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले आज नवलपरासीको परासीमा गरेको पत्रकारसंग अन्तरक्रिया कार्यक्रममा प्रमुख डा. आर एस दीप नेपालका जनसंख्या मध्ये ८३ प्रतिशत जनसंख्या औलोको जोखिममा रहेको जानकारी दिनुभयो । नवलपरासीमा अधिकांश सबै गाविस प्रभावित भएपनि पक्लिहवा, सुनवल, त्रिवेणीसुस्ता, कुडिया, रुपौलिया, नर्सही, बैदौली, दाउन्ने, माकर, सुनवल लगायतका १९ गाविस उच्च जोखिममा रहेको छ । भोली विश्व औंलो रोग दिवस हो औलो रोग दिवस हरेक बर्ष मनाइए पनि दिवसको रुपमा मात्र सिमीत भएकोले अब औलो रोग निवारणका लागि हरेक दिन सबैले पहल गर्नु पर्ने कार्यक्रममा सहभागीहरुले जोड दिएका थिए ।
(((((((((((((((((((((((( »
(" READ MORE ..")
कपिल ज्ञवाली बुटवल,१२ बैशाख
पश्चिमाञ्चल यातायात व्यबसायी समितिले आफ्नो लोड बहिस्कारको कार्यक्रम स्थगित गरेको छ । आज जिल्ला प्रशासन कार्यालयमा प्रशासन, प्रहरी, उद्योग बाणिज्य संघका प्रतिनिधिहरु, उद्योगि व्यबसायीहरुको बैठकको निर्णय र अनुराधका आधारमा अर्काे निर्णय नहुँदा सम्मका लागि आन्दोलनका कार्यक्रम स्थगित भएको पश्चिमाञ्चल यातायात व्यबसायी समितिले बिज्ञप्ती जारी गरी जनाएको छ ।
(" READ MORE ..")
कपिल ज्ञवाली ,बुटवल, १२ बैशाख
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुक अहिले उग्रबामपन्थी, सर्बसत्ताबाद र अधिनायकबादको भुमरी तर्फ धकेलिएकोले त्यसको बिकल्प राजतन्त्र सहितको प्रजातन्त्रनै भएको दाबी गर्नु भएको छ ।
राप्रपा नेपालले भैरहवामा आयोजना गरेको कार्यक्रममा सञ्चारकर्मीसँग कुराकारी गर्दै अध्यक्ष थापाले राजा बिनाको लोकतन्त्र पाँच बर्षमै असपmल भएको दाबी गर्दै राजसँस्था नहुदा देश अहिले रेफ्री बिनाको खेल जस्तै भद्रगोल भएको तर्क गर्नु भयो । उहाले दलहरुले आपmना बिचार र अवधारणामा पुर्नरबिचार गरी राजसस्था सहितको लोकतान्त्रिक ब्यवस्थामा सहमति गर्नुपर्ने बताउनु भयो । अध्यक्ष थापाले परीवर्तनर नयां नेपालको नाममा ईतिहास देखी मुलुकको सँरक्षकत्व गर्दै आएको राजसँस्थालाई पाखा लगाएर अघि बढ्दा मुलुक अहिले बिखण्डन र दुर्घटनाको सँघारमा पुगेको दाबी गर्दै नेपालको यथार्थतामा राजसँस्थाको अपरिहार्यता रहेको दोहोराउनु भयो । अध्यक्ष थापाले सँबिधान सभाको म्याद बारम्बार थप्न नपाईने बताउदै दलहरुले जनतामाथी अधिनायकबाद लादिरहेको आरोप समेत लगाउनु भयो । आजै अध्यक्ष थापाले कपिलबस्तुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शान्ती सुरक्षाको अभावका कारण देश झन द्धन्द तिर धकेलिदै गरेको बताउनु भयो । आज तौलिहवामा आज रािष्ट्रय प्रजातन्त्र पाटि नेपालले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै दलका नेताहरुलाई यस्तो उल्टो बाटो नहिड्न आग्रह समेत गर्नु भयो ।
(((((((((((((((((( »
(" READ MORE ..")